विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक : प्रदीप ज्ञवाली

Author

सजिलो पत्रिका

२०८२ पुस १२, शनिबार

20
Share
Featured
  • एमाले नेता प्रदीप ज्ञवालीले विचार मिल्ने शक्तिहरूको एकता सकारात्मक भए पनि त्यसको आधार वैचारिक हो कि स्वार्थजन्य भन्ने कुरा समयले देखाउने बताए।
  • लोकतान्त्रिक प्रतिस्पर्धामार्फत सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक संकेत भए पनि भेटघाटलाई अतिरञ्जित बनाइँदै आएकोमा उनले आपत्ति जनाए।
  • यस्ता मिलनबाट चमत्कारी नेतृत्व र तत्काल मुक्ति मिल्छ भन्ने भ्रम खतरनाक भएको भन्दै देश निर्माणका मूल प्रश्नहरू अझै अनुत्तरित रहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता ले विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक भए पनि विचार मिलेको आधार वैचारिक हो कि स्वार्थजन्य भन्ने प्रश्नको उत्तर भने समयले नै दिने बताएका छन् ।

उनले सिंहदरवार जलाउने वा जल्दा उत्सव मनाउने प्रवृत्तिबाट आएका शक्तिहरू समेत लोकतान्त्रिक प्रतिस्पर्धामार्फत त्यहीँ सिंहदरबारमा पुग्न खोज्नु आफैँमा सकारात्मक सङ्केत भएको उल्लेख गरेका हुन् ।

तर यस्ता भेटघाटलाई लिएर केही वृत्त र मिडियामा अतिरञ्जित तरङ्ग सिर्जना गर्न खोजिएकोप्रति उनले आपत्ति जनाए ।

‘सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो, तर यस्ता भेटघाटहरूलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदैछ, मानौँ, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरू नमिलेर हो, जस्तो कि दक्षिण भारतीय चलचित्रहरूमा देखिन्छ, कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरू सोत्तर हुन्छन् ! यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदैछ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले यस्ता मिलनबाट कुनै चमत्कारी नेतृत्व जन्मिएर देशले तत्काल मुक्ति पाउने भन्ने भ्रान्ति फैलिनु खतरनाक भएको बताए । नेता ज्ञवालीले देश निर्माणका मूल प्रश्नहरू अनुत्तरित रहेकोतर्फ ध्यानाकर्षण गराएका छन् ।

यो समाचारमा

सिंहदरवारकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...