सञ्चारमन्त्री खरेल र ओलीबीच भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

12
Share
Featured
  • सञ्चारमन्त्री जगदीश खरेल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचनको विषयमा भेटवार्ता भएको छ।
  • फागुन २१ को निर्वाचनका लागि वातावरण बनाउन सरकार दलहरूसँग संवादमा रहेको मन्त्री खरेलले बताए।
  • एमालेले निर्वाचनमा सहभागी हुने स्पष्ट गरेको छ भने ओलीले सुरक्षाको विषयमा चासो व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चारमन्त्री जगदीश खरेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल ओली निवास गुण्डु पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सरकार राजनीतिक दलहरूसँग तीव्र रूपमा वार्ता गरिरहेको बताए । औपचारिक रूपमा निर्वाचनको वातावरण निर्माण गर्न र नेकपा एमालेलाई निर्वाचनमा सहभागिताका लागि थप उत्साहित गर्न आफू ओली निवास पुगेको उनले बताए ।

मन्त्री खरेलले नेकपा एमालेले निर्वाचनको विरोध नगरेको र निर्वाचनमा सहभागी हुने कुरा स्पष्ट गरिसकेको उल्लेख गरे । ‘नेकपा एमालेले निर्वाचनबाट नभाग्ने र स्वीकार गर्ने भनिसकेको छ । हामीले ढुक्कसँग निर्वाचनमा भाग लिन आग्रह गरेका छौँ,’ उनले भने ।

उनका अनुसार भेटवार्तामा फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा छलफल भएको र चुनावमा जाने विषयमा एमालेको कुनै असहमति नरहेको कुरा उठेको थियो । तर एमाले अध्यक्ष ओलीले निर्वाचन सुरक्षाको विषयमा प्रश्न उठाएको मन्त्री खरेलले जानकारी दिए ।

मन्त्री खरेलले सरकारको तर्फबाट निर्वाचनका लागि आवश्यक वातावरण बनेको र भोट माग्ने तथा भोट हाल्ने प्रक्रिया सुरक्षित रूपमा सम्पन्न हुने विषयमा आश्वस्त पारिएको बताए ।

सरकारले लगाएको स्थान हदबारे ओलीले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खरेलले भने, ‘ओलीज्यूले सुरक्षाको वातावरण बनाउनुपर्ने कुरा गर्नुभएको छ । सरकारको लक्ष्य नै निर्वाचन हो । यो लक्ष्य प्राप्तिका क्रममा कुनै अल्झन, अप्ठ्यारा वा चुनौती छन् भने तिनलाई सहज बनाउँदै निर्वाचनको गन्तव्यमा पुग्ने गरी सरकारले आवश्यक वातावरण बनाउँछ र बनाएरै अघि बढ्छ ।’

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओलीजगदीश खरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...