सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

13
Share
Featured
  • सिन्धुलीमा विशेषज्ञ सेवा सहितको १ सय बेडको अस्पताल सञ्चालनमा आएको छ।
  • अस्पताल भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उद्घाटन गरे।
  • प्रदेश सरकारले नागरिकलाई सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सिन्धुलीका स्थानीयले अब जिल्लामा नै विशेषज्ञ सेवा पाउने भएका छन्।

सिन्धुली जिल्लाका विशेषज्ञ सेवा सहितको एक सय बेडको अस्पताल सुरु भएको छ । एक सय बेडको अस्पताल भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले एक कार्यक्रमका बिच उद्घाटन गरे ।

भवन उद्घाटन कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य सचिव डा सुमित्रा गौतम लगायतका अधिकारीहरू, राजनीतिक दलका नेताहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाले वाग्मती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बानियाले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताउँदै नागरिकले सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउनुपर्ने प्रदेश सरकारको दृढ प्रतिबद्धता रहेको उल्लेख गरे ।

कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफूले मन्त्रालय सम्हालेपछि अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रको स्तरोन्नति, उपकरणको व्यवस्था र जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताए । ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्यसहित स्वास्थ्य पूर्वाधार बिस्तारको काम भइरहेको उनले जनकारी दिए ।

यो समाचारमा

इन्द्र बहादुर बानियाँकाठमाडौँसिन्धुलीबागमती प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...