हरेक नागरिकले कार्यस्थलबाट भोट हाल्न पाउनुपर्छ : दिनेश थपलिया

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

22
Share
Featured
  • पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभित्र रहेका सबैले आफ्नो ठाँउबाट भोट हाल्न पाउनुपर्ने बताएका छन्।
  • उनले हालको व्यवस्था कर्मचारी र प्रहरीलाई मात्र सुविधा दिने, मजदुर, निजी कम्पनी कर्मचारी र पत्रकारलाई नदिने असमान रहेको बताएका छन्।
  • उनले समानुपातिक निर्वाचनतर्फ सबैले जुनसुकै स्थानबाट भोट हाल्न सक्ने व्यवस्था हुनुपर्ने र यसले अपनत्व बढाउने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभित्र बसेका सबैले निर्वाचनको दिन जुन ठाँउमा छ त्यही ठाँउबाट भोट हाल्न किन नपाउने भन्दै प्रश्न गरेका छन् । उनले हरेक नागरिकले कार्यस्थलबाट भोट हाल्न पाउनुपर्ने बताएका हुन् ।

बिहीबार भएको निर्वाचनमा चौथो अङ्ग : अनुसन्धानात्मक पत्रकारिता एक विमर्श अन्तरक्रिया कार्यक्रममा उनले संविधानको दफामा कर्मचारी, प्रहरी भए वापत स्थायी बसोबासबाट भोट हाल्न पाउने तर मजदुर, निजी कम्पनीको कर्मचारी र पत्रकारहरुले भोट हाल्न नपाउने व्यवस्था रहेको भन्दै यस्तो दफा सही नभएको बताए ।

उनले भने, ‘हामीले प्रस्तावित कानूनमा पनि पेश गरेका हौँ, देश विदेशका धेरै कुरा नगरौं । देशभित्र बसेका सबै माइक बोकेर समाचार खोज्न जाने मान्छेहरुले निर्वाचनको दिन जुन ठाँउमा भएपनि त्यो ठाँउबाट भोट हाल्न किन नपाउने ? मैले पत्रकारका लागि ताली खोज्न बोलेको होईन् । मैले यो किन बोलेको भन्दा कर्मचारी भए वापत चाहीं पाउने, प्रहरी भएपनि पाउने तर मजदुर भएर नपाउने ? कुनै निजी कम्पनीमा काम गरेकाले नपाउने ? पत्रकार भएकालेले नपाउने ? यस्तो दफा पनि दफा हुन्छ र ?’

उनले नेपालभित्रका सबै नेपालीले कम्तीमा समानुपातिक तर्फ देशको जुनै ठाँउबाट पनि भोट हाल्न सक्ने व्यवस्था गर्नुपर्ने भन्दै यसबाट अपनत्व बढ्ने पनि बताए ।

पत्रकारिताको सन्दर्भबाट हामी निर्वाचनको प्रारम्भिक चरणमा रहेको पनि उनको भनाई छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...