निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

22
Share
Featured
  • निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि 'निर्वाचन आचारसंहिता–२०८२' को मस्यौदा सल्लाह र सुझावका लागि सार्वजनिक गरेको छ।
  • नयाँ मस्यौदामा १० परिच्छेद र ५ अनुसूची रहेका छन्, जसमा आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गर्ने र सूचना प्रविधिको प्रयोग गरी अनुगमन गर्ने व्यवस्था गरिएको छ।
  • आयोगले राजनीतिक दल र उम्मेदवारका लागि निर्वाचन घोषणापत्र अनिवार्य गरेको छ, जसले मतदातालाई सूचित निर्णय लिन र नीतिगत प्रतिस्पर्धा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको मस्यौदामा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको नाम सार्वजनिक गर्ने, साथै विद्युतीय माध्यम र सूचना प्रविधिको प्रयोगमार्फत अनुगमन र कारबाही गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रिया स्वतन्त्र, पारदर्शी, मितव्ययी र निष्पक्ष बनाउन आचारसंहिताको मस्यौदा तयार पारिएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले आफ्नो अधिकार प्रयोग गर्दै सरोकारवालाबाट सुझाव संकलन गर्न मस्यौदा सार्वजनिक गरेको जनाएको छ ।

मस्यौदा आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समेटिएका छन् । नयाँ आचारसंहिता लागू भएसँगै यसअघि कार्यान्वयनमा रहेको निर्वाचन आचारसंहिता–२०७९ स्वतः खारेज हुने आयोगले स्पष्ट पारेको छ ।

आचारसंहितामा राजनीतिक दल तथा उम्मेदवारले अनिवार्य रूपमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले निर्वाचनमा नीतिगत प्रतिस्पर्धा र मतदातालाई सूचित निर्णय लिन सहयोग पुग्ने आयोगको विश्वास छ ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...