राज्यले थारुहरुलाई नेपाली ठानेन्, म नेपाली हुनै सकिन् : रेशम चौधरी

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

20
Share
Featured
  • नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले थारु समुदायलाई पूर्ण रूपमा नेपाली भन्न नसक्ने अवस्थाप्रति गुनासो व्यक्त गरेका छन्।
  • चौधरीले ठूला दलका नेताहरू र राज्यको सोचका कारण थारुहरू राज्यको कार्यकारी भूमिकामा पुग्न असफल भएको बताए र फागुन २१ को निर्वाचनमा सहभागिता जरूरी भएको धारणा राखे।
  • आजै जेनजी २.० समूह नागरिक उन्मुक्ति पार्टी नेपालमा समावेश भएको छ, जसमा संरक्षक डा.हरि कार्कीले पनि हस्ताक्षर गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले थारुलाई नेपाली भन्न सक्नुपर्ने बताएका छन् । सरकारकै कारण आफू नेपाली हुन पनि नसकेको गुनासो गरे ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सदियौँदेखि एउटै वर्ग र समूहले हालीमुहाली गरेको साथै थारुहरुलाई नेपाली हुनै नदिएको उनको गुनासो छ ।

टीकापुर विद्रोहबारे सरकारलाई राम्रो जानकारी भएको एवम पटक–पटक प्रधानमन्त्री बनेका ठूला दलका नेताहरु राम्रोसँग जानकार रहेपनि आफुहरुलाई नेपाली हुनबाट बन्चित गरेको उनको भनाइ थियो । जेनजी आन्दोलनको मर्म र महत्त्व बुझ्दै फागुन २१ को निर्वाचनमा सबै सहभागी हुनुपर्ने उनको धारणा छ ।

थारुहरु राज्यको कार्यकारी भूमिकामा पुग्न नसक्नुको कारण राज्यको सोच गलत भएको उनले बताए । देशमा ठूला आन्दोलन भए पनि नागरिकले न्याय नपाएको भन्दै उनले सरकारले थारुलाई नेपाली भन्न सक्नुपर्ने दाबी गरे ।

त्यस्तै कार्यक्रममा जेनजी २.० समुहका संरक्षक डा.हरि कार्कीले आफूहरु नागरिक उन्मुक्ति पार्टीमा आवद्ध हुन पहिले देखि नै आतुर रहेको बताए ।

आजै जेनजी २.० समुह नागरिक उन्मुक्ति पार्टी नेपालमा समावेश भएको छ ।

पार्टीका अध्यक्ष चौधरी र समुहका संरक्षक डा.हरि कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो समाचारमा

काठमाडौँनागरिक उन्मुक्ति पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...