तीन तहमा काम गर्न संरक्षण क्षेत्र व्यवस्थापन नियमावली बाधक !

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

18
Share
Featured
  • राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय प्रकृति संरक्षण कोषका काम, समस्या, चुनौती र भावी योजनाबारे छलफल भएको छ।
  • संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ ले स्थानीय र प्रदेश सरकारलाई नचिनेकाले विवाद उत्पन्न भएको र त्यसको संशोधन आवश्यक रहेको बताइएको छ।
  • फोहोर व्यवस्थापनलगायत विषयमा स्थानीय सरकारसँग सहकार्य भइरहेको र नियम संशोधन तथा स्रोत वृद्धि भए काम अझ प्रभावकारी हुने उल्लेख गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभा अन्तरगत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारवाही, समस्या तथा चुनौती र भावी कार्ययोजना, राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने इआइएको सहजीकरण सम्बन्धमा छलफल भएको छ ।

मंगलबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा उक्त विषयमा छलफल सम्पन्न भएको हो ।

सोही क्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा.नरेश सुवेदीले स्थानीय सरकारसँगको सहकार्यमा खासगरि संरक्षण क्षेत्रहरुमा थोरै विवाद देखिएको भन्दै त्यो विवाद संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ ले स्थानीय र प्रदेश सरकार नचिनेको कारण उठेको बताए ।

उनले त्यसलाई संशोधन गर्नको लागि विगत तीन वर्षदेखि प्रयास गरिरहेको भन्दै त्यो संशोधन भए स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँगका सम्बन्धका कुराहरु र त्यहाँ उठ्ने समग्र राजस्वको बाँफाँटमा विवादहरु नआउने बताए ।

उनले भने, ‘स्थानीय सरकारसँगको सहकार्यमा खासगरि संरक्षण क्षेत्रहरुमा थोरै विवाद देखिएको छ । संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ त्यसले स्थानीय र प्रदेश सरकार चिन्दैन् रहेछ । त्यसलाई संशोधन गर्नको लागि विगत तीन वर्षदेखि प्रयास गरिरहेका छौं । वन तथा वातावरण मन्त्रालयमा त्यसको ड्राफ्ट छ त्यसलाई अगाडि बढाउने हो भने काउन्सिल गठनका कुरा, स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँगका सम्बन्धका कुराहरु र त्यहाँ उठ्ने समग्र राजस्वको बाँफाँटका विवादहरु आउँदैनन् । हामी त्यसको प्रतिक्षामा छौ ।’

साथै, फोहोर व्यवस्थापनको विषयमा पनि स्थानीय सरकारसँग सहकार्य गरेर काम गरिरहेको पनि उनको भनाई छ ।

उनले भने, ‘फोहोर व्यवस्थापनमा स्थानीय सरकारसँग काम गरिरहेका छौं ।सहकार्य, सहजीकरण गर्ने, सुविधाहरु दिने काम गरिरहेका छौ । काम गर्ने स्थानीय सरकारले नै हो । तर त्यसलाई अझ द्रुत रुपमा व्यवस्थित गर्ने काममा हामीले सहयोग गरिरहेका छौं । के राम्रो हुन्छ त्यही गर्दैछांै । अब प्रविधि र बजेट बढ्दै जाँदा अझ राम्रो तरिकाले जान सकिन्छ ।’

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...