बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

21
Share
Featured
  • दिल्लीमा प्रदर्शन र झडप: बंगलादेशी हिन्दु युवक दिपु चन्द्र दासको भीडद्वारा हत्या विरोधमा नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग अगाडि प्रदर्शन हुँदा प्रहरीसँग झडप।
  • कूटनीतिक तनाव: प्रदर्शन र तोडफोडपछि बंगलादेशले भारतस्थित आफ्ना दूतावासमा कन्सुलर तथा भिसा सेवा स्थगित गर्दै भारतसँग आपत्ति जनायो।
  • अल्पसंख्यक सुरक्षामा चासो: घटनाले बंगलादेशमा अल्पसंख्यक सुरक्षाबारे अन्तर्राष्ट्रिय ध्यान तान्दै भारत–बंगलादेशबीच कूटनीतिक बहस चर्कायो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भारतको नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग अगाडि मंगलबार विश्व हिन्दु परिषदका प्रदर्शनकारीहरूले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।

यो प्रदर्शन बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको एक भीडद्वारा हत्या गरिएको घटनाको विरोधमा गरिएको हो । स्थिति नियन्त्रणमा राख्न उच्च आयोग क्षेत्र वरिपरि ठूलो मात्रामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

प्रदर्शनकारीहरूले बंगलादेशी अधिकारीहरूबाट जवाफदेहिता र अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । भारतीय हिन्दी बंगाली संगठन, र बजरंग दलका सदस्यहरू पनि प्रदर्शनमा सहभागी छन् । उनीहरूले “भारत माता की जय”, “युनुस सरकार होश में आओ” र “हिन्दु हत्या बन्द करो” जस्ता नारा लगाएका छन् । प्रदर्शनका क्रममा भीडले सुरक्षा बारिकेडमा धक्का दिँदा तनाव उत्पन्न भएको थियो ।

प्रदर्शनकारीहरुले बंगलादेशमा हिन्दुहरू असुरक्षित भएको दाबी गर्दै धार्मिक भावनात्मक अभिव्यक्ति दिएका थिए । यो प्रदर्शन डिसेम्बर १८ मा बंगलादेशको मयमनसिंहमा कथित धर्मनिन्दाको आरोपमा दिपु चन्द्र दासको भीडद्वारा हत्या गरिएको घटनाको विरोधमा गरिएको हो ।

भारतभर बंगलादेशमा अल्पसंख्यकविरुद्ध भइरहेको हिंसाको विरोधमा विभिन्न प्रदर्शनहरू भइरहेका छन् । यसैबीच, पश्चिम बंगाल कांग्रेस नेता आशुतोष चटर्जीले विदेश मन्त्रीले यो विषयमा पहल गर्नुपर्ने बताएका छन् । उनले भने, “मानवता आक्रमणमा परेको छ । हिन्दु र मुस्लिम दुवै मारिइरहेका छन र यसलाई धार्मिक रूपमा हेर्नु हँुदैन् ।”

प्रदर्शनपछि उत्पन्न सुरक्षा चिन्ताका कारण बंगलादेशले नयाँ दिल्ली र अगरतलास्थित आफ्ना दूतावास तथा वाणिज्य दूतावासमा कन्सुलर र भिसा सेवा स्थगित गरेको छ । बंगलादेशको विदेश मन्त्रालयले भारतस्थित आफ्ना कूटनीतिक नियोगहरूमा भएको तोडफोड र प्रदर्शनप्रति गम्भीर चासो व्यक्त गर्दै भारतीय उच्च आयुक्तलाई बोलाएर आपत्ति जनाएको छ ।

बंगलादेशले कूटनीतिक नियोगहरूमा भएको हिंसालाई निन्दा गर्दै भारत सरकारसँग गहिरो छानबिन, पुनरावृत्ति रोक्न उपाय र दूतावासहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । यसमा डिसेम्बर २२ मा सिलिगुडीस्थित बंगलादेश भिसा केन्द्रमा भएको तोडफोड र डिसेम्बर २० मा नयाँ दिल्लीस्थित उच्चायोग बाहिरको प्रदर्शन पनि समावेश छन् ।

भारतले भने सुरक्षा कमजोरीको आरोप अस्वीकार गर्दै नयाँ दिल्लीको प्रदर्शन छोटो समयमै नियन्त्रणमा आएको र कुनै सुरक्षा खतरा नपुगेको स्पष्ट पारेको छ । यो विवाद बंगलादेशमा हिन्दु युवकको हत्या घटनापछि उत्पन्न भएको हो, जसले त्यहाँ अल्पसंख्यकहरूको सुरक्षाबारे अन्तर्राष्ट्रिय चासो बढाएको छ ।

२७ वर्षीय दिपु चन्द्र दासलाई कथित धर्मनिन्दाको आरोपमा भीडले कुटपिट गरी हत्या गरेको र पछि उनको शव जलाइएको बताइएको छ । उक्त घटनाले व्यापक आक्रोश र निन्दा उत्पन्न गरेको छ ।

यो समाचारमा

भारतबंगलादेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...