राजनीतिमा नयाँ तरंग: मध्यरातमा भेटे रवि र बालेन

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

16
Share
Featured
  • रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच मध्यरातमा गोप्य भेटवार्ता भएको छ।
  • भेटमा देशको हितका लागि मिलेर अघि बढ्ने विषयमा सकारात्मक र सौहार्दपूर्ण छलफल भएको बताइएको छ।
  • धरौटीमा रिहा भएपछि सक्रिय भएका लामिछाने र बालेनको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)बीच मध्यरातमा भेटवार्ता भएको छ । गएराति रास्वपा नेता असिम शाहको म्युजिक कम्पनीको कार्यालयमा भएको भेटवार्ता सकारात्मक रहेको दुवै पक्षका निकटस्थहरूले बताएका छन् ।

भेटमा सहभागी असिम शाहका अनुसार, दुई नेताबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको र देशको हितका लागि मिलेर अघि बढ्नुपर्ने विषयमा छलफल भएको थियो । भेटपछि दुवै जना एउटै गाडीमा बाहिरिएका थिए ।

"बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो, त्यसको सुखद सुरुवात भएको छ," भेटको चाँजोपाँजो मिलाएका शाहले भने, "सन्देश यही हो कि अब दुई जना मिलेर जाने हो ।"

सहकारी ठगी प्रकरणमा लामो समय थुनामा रहेर गत शुक्रबार धरौटीमा रिहा भएका लामिछानेले पछिल्लो समय राजनीतिक भेटघाट र पार्टीका गतिविधिहरूलाई तीव्रता दिएका छन् । यो भेटलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँबालेन्द्र शाह (बालेन)रवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...