त्रिभुवन विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

15
Share
Featured
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४.२८ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
  • ३३ वर्षीय रञ्जित सिंहको लगेजबाट गाँजा बरामद भएको थियो, र पुनित शर्मा विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ परेका।
  • दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्युरोमा पठाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ किलो २८४ ग्राम गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षीय रञ्जित सिंह र पुनित शर्मा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार, थाई एयरलाइन्सको उडानबाट बैंकक हुँदै काठमाडौं आएका रञ्जित सिंहलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।

त्यसैगरी, उक्त गाँजा लिन विमानस्थलको पार्किङ क्षेत्रमा आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्युरोमा पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचारमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...