राम अशिष यादव मधेश प्रदेश सभाको सभामुख चयन

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

21
Share
Featured

काठमाडौँ

मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी, नेपालका राम अशिष यादव चयन भएका छन् ।

सभामुख चयनका लागि आईतबार मधेश प्रदेश सभाको बैठकमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै जसपा नेपालका प्रमुख सचेतक सांसद राम अशिष यादव निर्वाचित भएका छन् ।

सभामुख पदका लागि जसपाका राम अशिष यादव र नेपाल कम्युनिष्ट पार्टी (एमाले)कातर्फबाट त्रिलोकी प्रसादले उम्मेदवारी दिएका थिए । मत विभाजन प्रक्रिया अपनाइएकोमा राम अशिष यादवको पक्षमा कुल ७२ मत परेको भने विपक्षमा २४ मत परेको थियो । बैठकमा कुल ९६ जना सांसद उपस्थित रहेका थिए ।

यादवको पक्षमा नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनमत पार्टी, नेकपा एस, लोसपा र नेपाली काँग्रेसका सांसदहरुले मत दिएका थिए ।

यो समाचारमा

मधेश प्रदेशनेपाली काँग्रेसनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौँ7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...