बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

17
Share
Featured
  • बंगलादेशमा हिन्दु युवक दिपुचन्द्र दासको हत्या र अमानवीय व्यवहारको विरोधमा सिरहामा प्रदर्शन भएको छ।
  • प्रदर्शनकारीले टायर बाल्दा पूर्व–पश्चिम राजमार्ग केही समय अवरुद्ध भयो।
  • दोषीमाथि कडा कारबाहीको माग गर्दै सुरक्षाकर्मी परिचालन गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिराहामा प्रदर्शन गरिएको छ ।

बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा रहेको गणपति पेट्रोल पम्प अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

राजमार्ग अवरुद्ध हुँदा दुवै दिशातर्फका सवारी साधनहरू सडकमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न नसकी समस्यामा परेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाप्रति गम्भीर ध्यानाकर्षण गराउन तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले प्रदर्शनकारीसँग संवाद गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ ।

यो समाचारमा

सिराहाबंगलादेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...