ताप्लेजुङमा बन्दुक पड्किँदा एक युवकको मृत्यु, भतिज प्रहरी नियन्त्रणमा

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

18
Share
Featured
  • ताप्लेजुङको मैवाखोला–३, लेकुवाका २६ वर्षीय फुर्वा रेन्जु शेर्पा अलैँची बारीमा भरुवा बन्दुकसहित मृत भेटिएका छन्।
  • प्रारम्भिक अनुसन्धान अनुसार, बारुद भर्ने क्रममा बन्दुक पड्किँदा घाँटीमा गोली लागेको भतिज सोनम शेर्पाले प्रहरीलाई बयान दिएका छन्।
  • प्रहरी घटनास्थल सुरक्षित राखेर भतिज सोनमलाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक युवक बन्दुकसहित मृत अवस्थामा फेला परेका छन् । मैवाखोला–३, लेकुवाका करिब २६ वर्षीय फुर्वा रेन्जु शेर्पा स्थानीय अलैँची बारीमा भरुवा बन्दुकसहित मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शनिबार राति करिब २ बजे शेर्पा आफ्ना १८ वर्षीय भतिज सोनम शेर्पासँगै अलैँची बारीतर्फ गएका थिए ।

प्रारम्भिक अनुसन्धानमा भरुवा बन्दुकमा बारुद भर्ने क्रममा अचानक बन्दुक पड्किएर शेर्पाको घाँटीमा गोली लागेको सँगै रहेका भतिज सोनमले प्रहरीलाई बयान दिएका छन् ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थललाई सुरक्षित राखी अनुसन्धानका लागि भतिज सोनमलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचारमा

काठमाडौँताप्लेजुङमैवाखोला गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका ५ परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले ती परिवारलाई लालपुर्जा वितरण गर्दै उनीहरूको लामो समयदेखिको जग्गा स्वामित्वको समस्या समाधानतर्फ अर्को कदम चालेको हो ।समितिका अनुसार वितरण गरिएका जग्गामध्ये केही आवास निर्माणका लागि उपयुक्त

    Data is loading...

    Loading brands...

    Loading footer...