कर्णालीबाट एक वर्षमा २८ हजारभन्दा बढी युवा विदेशिए

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

17
Share
Featured
  • गत आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशका १० जिल्लाबाट २८ हजार ४९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्, जसमा सल्यान र सुर्खेतबाट संख्या बढी छ।
  • स्वदेशमा रोजगारीको कमी र बढी कमाउने चाहनाले विदेश जाने युवाको संख्या बढेको सरोकारवालाहरूले बताएका छन्।
  • वैदेशिक रोजगारीमा गएका कर्णालीका २६४ जनाको मृत्यु भइसकेकाले कानुनी प्रक्रिया, सीप र जानकारीसहित सुरक्षित रूपमा मात्र विदेश जान आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै कर्णालीका १० जिल्लाबाट २८ हजार ४९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

तथ्याङ्कअनुसार, सबैभन्दा धेरै सल्यानबाट ७ हजार ५८७ जना र सुर्खेतबाट ६ हजार ३८७ जना युवा विदेशिएका छन् । त्यसैगरी, दैलेख, रुकुम पश्चिम र जाजरकोटबाट पनि उल्लेख्य संख्यामा युवाहरू रोजगारीका लागि बाहिरिएका छन् ।

स्वदेशमा रोजगारीका अवसर नहुनु र बढी कमाउने आकांक्षाले वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढेको सरोकारवालाहरू बताउँछन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उनीहरूले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् ।

सामी कार्यक्रमका प्रदेश व्यवस्थापक कमलबहादुर रोकायले वैदेशिक रोजगारीमा गएका कर्णालीका २६४ जनाको मृत्यु भइसकेको जानकारी दिँदै कानुनी प्रक्रिया पूरा गरेर मात्र विदेश जान आग्रह गरे । उनले अवैधानिक बाटोबाट जाँदा ठगीमा पर्ने र जोखिम बढ्ने बताए ।

कार्यक्रममा सहभागीहरूले सकेसम्म स्वदेशमै रोजगारी खोज्नुपर्ने र विदेश जानै परे आवश्यक सीप, भाषा र कानुनी प्रक्रियाबारे राम्ररी बुझेर मात्र जानुपर्ने सुझाव दिएका छन् ।

यो समाचारमा

दैलेखकर्णाली प्रदेशजाजरकोटसुर्खेत
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । रुकुमपूर्वको कोल क्षेत्र केन्द्रविन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का रुकुमपूर्वका साथै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण भएको मानवीय वा भौतिक क्षतिको हालसम्म कुनै आधिकारिक विवरण प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...