जेन–जी आन्दोलनका शहीद परिवारसँग रवि लामिछानेको भेट, न्याय नपाएसम्म साथ रहने प्रतिबद्धता

Author

सजिलो पत्रिका

२०८२ पुस ०५, शनिबार

20
Share
Featured
  • रास्वपा सभापति रवि लामिछाने काठमाडौं आइपुगेलगत्तै बबरमहलस्थित जेन–जी शहीद परिवार कल्याणकारी संस्थामा पुगेर आन्दोलनका शहीद परिवारसँग भेटघाट गरे।
  • उनले आन्दोलनका क्रममा भएको घटनालाई अन्याय, दमन र ‘आमहत्या’को संज्ञा दिँदै शहीद परिवारले न्याय नपाउँदासम्म साथ नछोड्ने प्रतिबद्धता व्यक्त गरे।
  • लामिछानेले सुशासन कायम गर्न आवश्यक परे सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको पनि स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं आइपुगेलगत्तै जेन–जी आन्दोलन “नेपो किड”का शहीद परिवारसँग भेटवार्ता गरेका छन् ।

शनिबार चितवनबाट काठमाडौं आएका लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग भेटघाट गरेका हुन् । भेटका क्रममा उनले शहीद परिवारप्रति सम्वेदना व्यक्त गरे ।

लामिछानेले आन्दोलनका क्रममा भएको घटनालाई अन्याय र दमनको संज्ञा दिँदै भने, ‘उहाँहरूमाथि भएको अन्याय र दमन हत्या हो, यो आमहत्या हो । शहीद परिवारले न्याय नपाउँदासम्म म उहाँहरूको साथमा रहिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

उनले सरकारको भूमिकाप्रति पनि टिप्पणी गर्दै सुशासन कायम गर्न आवश्यक परे सरकारलाई साथ दिन आफूहरू तयार रहेको बताए ।

कारागारबाट हिजो मात्रै रिहा भएका उनी चितवनबाट केही बेरअघि काठमाडौं आइपुगेका थिए ।

यो समाचारमा

चितवनरवि लामिछानेजेन–जी आन्दोलन “नेपो किड”राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...