काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा नाराबाजीसहित स्वागत

Author

सजिलो पत्रिका

२०८२ पुस ०५, शनिबार

17
Share
Featured
  • धरौटीमा रिहा भएपछि रास्वपा सभापति रवि लामिछाने चितवनबाट काठमाडौं आइपुगे, विमानस्थलमा समर्थकहरूको ठूलो भीडले स्वागत गर्‍यो।
  • उनले सहकारी ठगी प्रकरणमा आफ्नो न्यायको लडाइँ अझै बाँकी रहेको र यसलाई विजयका रूपमा नलिएको स्पष्ट पारे।
  • लामिछानेले आफू एक चुनावका लागि होइन, एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको र देशका संरचना तथा सपना जोगाउन सबै मिल्नुपर्ने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सहकारी ठगी प्रकरणमा पक्राउ परेर हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर उनलाई स्वागत गर्न रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो । विमानस्थलबाट बाहिरिने क्रममा समर्थकहरूले नाराबाजी गर्दै लामिछानेको भव्य स्वागत गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । उनले आफूले यसलाई विजयका रूपमा नलिएको स्पष्ट पार्दै भने, ‘न्यायको लडाइँ बाँकी नै छ । मैले यो विजयको कुरा गरेको होइन । म लड्नका लागि नै जन्मिएको मान्छे हुँ । म एउटा चुनावका लागि राजनीतिमा आएको होइन, एउटा पुस्ताका लागि राजनीतिमा आएको हुँ ।’

उनले देशका संरचना र नागरिकका सपना धराशायी भएको उल्लेख गर्दै त्यसको हिसाब खोज्नुपर्ने बताए । ‘देशका संरचनाहरू खरानी भएका छन्, हाम्रा सपनाहरू खरानी भएका छन् । त्यसको हिसाब कसले गर्ने ? ती सपना पूरा गर्न सबै मिल्न जरुरी छ । यिनीहरूलाई हराउन मात्र होइन, देशलाई जिताउन सक्नुपर्छ ।’ उनले भने ।

यो समाचारमा

चितवनरवि लामिछानेकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...