जेनजी आन्दोलनमा घाइते पत्रकारहरुलाई रोजगारीको प्रवन्ध गर्न महासंघलाई सञ्चामन्त्रीको आग्रह

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

10
Share
Featured
  • सञ्चार मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनमा घाइते पत्रकारलाई मिडिया हाउसमा उचित रोजगारीको व्यवस्था गर्न पत्रकार महासंघलाई आग्रह गरे।
  • उनले सामाजिक सुरक्षा अभियान सरकारी माध्यमबाट सुरु भई निजी माध्यममा पनि विस्तार हुने जानकारी दिए र गलत धारणा कि कोषमा जाने संस्थाले कमजोर हुने, असत्य भएको स्पष्ट पारे।
  • मन्त्री खरेलले जेनजी आन्दोलनमा मिडिया क्षेत्रमा भएको सम्पूर्ण क्षति सरकारले व्यहोर्ने पनि जनाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनमा घाइते पत्रकारहरुलाई मिडिया हाउसमा उचित रोजगारीको प्रवन्ध गर्न पत्रकार महासंघलाई आग्रह गरेका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित जेनजी आन्दोलनमा घाइते पत्रकारहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले पत्रकार महासंघको सम्बन्ध हरेक मिडिया हाउसमा हुने भएकाले पनि घाइते पत्रकारहरुलाई रोजगारीको प्रवन्ध गरेर जिम्मेवारी पूरा गर्न महासंघलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘जो साथिहरु जेनजी आन्दोलनको क्रममा घाइते भएका छन् । उहाँहरुलाई रोजगारीको प्रवद्र्धन चाँही तपाईहरुले गराउनुहोस । पत्रकार महासंघको सम्बन्ध हरेक मिडिया हाउसमा हुन्छ । हाम्रो सरकारी सञ्चारमाध्यम भनेको त एउटा टिभी छ, एउटा रेडियो, एउटा गोरखापत्र र एउटा रासस छ । यो एउटा जिम्मेवारी बोध त पत्रकार महासंंघलाई पनि हुनुपर्यो नि त । आज मेरो सरकारको तर्फबाट पत्रकार महासंघलाई माग उचित जागिरको प्रवन्ध मिडियाहाउसमा गरिदियोस ।’

त्यस्तै, उनले सबै मिडियाहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने अभियान सरकारी माध्यमबाट सुरु भएको बताउँदै चाँडै निजी माध्महरुमा पनि जानकारी गराए ।

सामाजिक सुरक्षामा जाँदा संस्था धरासयी बन्छ भन्ने गलत भाष्य निर्माण भएको बताउँदै मन्त्री खरेलले समाजिक सुरक्षा कोषमा जाँदा संस्था पहिलाभन्दा झनै मजबुद हुने स्पष्ट पारे ।

उनले भने, ‘पहिलो पटक सामाजिक सुरक्षाको दायरामा आउनुपर्छ भनेर गोरखापत्रबाट यो अभियान सुरु भएको छ । अब रासस, नेपाल टेलिभिजन लगायतका सम्पूर्ण सरकारी माध्यमहरुमा हुन्छ र यो अभियान हामी निजी माध्यममा पनि लैजाने हो । अब यसमा महासंघले पनि भूमिका निर्वाह गर्नुपर्छ । यहाँ के गलत भाष्य निर्माण भएको छ भने सामाजिक सुरक्षा कोषमा जाने वित्तिकै संस्था धरासयी हुन्छ कि भन्ने छ । त्यो हामीले बुझाउन सकेको छैन् । जुन संस्था समाजिक सुरक्षा कोषमा जान्छ, त्यो संस्था पहिलाभन्दा झनै मजबुद हुन्छ ।’

जेनजी आन्दोलनमा मिडिया क्षेत्रमा भएको सम्पूर्ण क्षति सरकारले व्यहोर्ने उनले जानकारी गराए ।

यो समाचारमा

जगदीश खरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...