‘झरीपछिको इन्द्रेणी’मा समाजको कथा र मनोरन्जन छ : रमेश उप्रेती

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार १४:२५

13
Share
Featured
  • नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पौष ४ गतेदेखि देशभर प्रदर्शनमा।
  • पारिवारिक–सामाजिक कथावस्तुमा आधारित, मनोरञ्जनसँगै विसंगति, भ्रष्टाचार र युवाको अन्योलता चित्रण।
  • रमेश उप्रेतीका अनुसार फरक भूमिका र आशा जगाउने सामाजिक सन्देशसहितको फिल्म।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आज (पौष ४ गते) बाट देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्र शुक्रबारदेखि हलमा लागेको हो ।

चलचित्रका अभिनेता रमेश उप्रेतीले नेपाल न्यूज बैंकसँग कुरा गर्दै ‘झरीपछिको इन्द्रेणी’ पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित फिल्म भएको बताएका छन् । उनले चलचित्रको मुख्य उद्देश्य दर्शकलाई मनोरञ्जन दिनु नै भएको उल्लेख गरे । अभिनेता उप्रेतीले समाजमा भएको विसंगति, बेथिति, भ्रष्टाचार र अनमियताको जुन कुरा चाहिँ हुनु हुँदैन भन्ने म्यासेज दिएको पनि बताए ।

उनले भने, ‘एउटा सिनेमा रिलिज हुँदैछ पुष ४ गते । फिल्मको मूल उद्देश्य भनेकै इन्टरटेन हो । इन्टरटेन त छँदै छ, त्यसको अलावा अब अलिकति समसामायिक विषयवस्तुमा घरघरका कहानीहरु, वडा वडाका कहानीहरु, देशमा भएको बेथिति, विसंगति, भ्रष्टाचार, अनिमितता छ । अनि युवाहरुमा भएको एउटा अन्योलताको समिश्रण नै हो ‘झरी पछिको इन्द्रेणी ।’ समाजमा भएको विसंगति, बेथिति, भ्रष्टाचार र अनमिताको जुन कुरा चाहिँ हुनु हुँदैन भन्ने म्यासेज पनि छ ।’ उनका अनुसार चलचित्रमा अहिलेको समाजका समसामयिक विषयवस्तु समेटिएका छन् ।

अभिनेता उप्रेतीले यस चलचित्रमा आफ्नो भूमिका अघिल्ला फिल्मभन्दा फरक रहेको पनि बताए । फिल्म फ्यामिली जनराको भएको उल्लेख गर्दै उनले यो चलचित्र हरेक वर्ग र हरेक पुस्तालाई प्रतिनिधित्व गर्ने सामाजिक फिल्म भएको बताए । समाजमा हुनु नपर्ने विकृति, विसंगति र भ्रष्टाचारप्रति सचेत गराउँदै आशा जगाउने सन्देश फिल्मले दिने उनको भनाइ छ ।

‘पहिलेजस्तै भूमिका दोहो-याउनु भन्दा केही नयाँ र फरक गर्न मजा लाग्छ । यही कारणले मैंले यो फिल्म रोजेको हुँ । फरकपन दर्शकले हलमा गएर हेर्दा महसुस गर्नुहुनेछ । सिनेमाले समाज परिवर्तन गर्ने दाबी गर्नु हुँदैन, सिनेमाको मूल काम मनोरञ्जन हो,’ उनले भने, ‘दर्शक हलबाट निस्कँदा पैसा असुल भयो, केही घण्टा रमाइलो भयो, रिफ्रेस भयो भन्ने महसुस गरून् भन्ने हाम्रो चाहना हो ।’

‘झरीपछिको इन्द्रेणी’ ले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक यथार्थको अनुभूति गराउने विश्वास निर्माण टिमले लिएको छ ।

यो समाचारमा

रमेश उप्रेतीकाठमाडौँ

ट्यागहरू

#चलचित्र#भ्रष्टाचार#प्रदर्शन#सामाजिक#अभिनेता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    sajilo patrika

    कान्समा नेपाली चलचित्रको ऐतिहासिक उपस्थिति, हाकु पटासीमा सुनिता डंगोल

    पोडकास्टमा अश्लील शब्द प्रयोग गरेपछि तीन जनालाई प्रहरीले गरायो सचेत

    चलचित्र पत्रकारिता दिवसमा पत्रकार सम्मानित

    क्षणभरको चर्चाभन्दा विश्वसनीयता र छवि निर्माणमा ध्यान दिन पत्रकारलाई महानायक हमालको आग्रह

    भर्खरै

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू