रवि लामिछानेलाई भैरहवा लगियो, आजै रिहा हुने

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

18
Share
Featured
  • सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ; उनी ललितपुरको नख्खु कारागारबाट हवाईजहाजमार्फत ट्रान्सफर भएका हुन्।
  • उच्च अदालत तुलसीपुरले बिहीबार उनलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक ग्यारेन्टीमा धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
  • जिल्ला अदालत, रुपन्देहीमा उपस्थित गराई धरौटी रकम रुजु भएपछि उनी आजै थुनामुक्त हुनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ । ललितपुरको नख्खु कारागारमा रहेका उनलाई आज बिहान हवाईजहाजमार्फत भैरहवा लगिएको हो ।

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही आदेश कार्यान्वयनका लागि उनलाई आज जिल्ला अदालत, रुपन्देहीमा उपस्थित गराइँदैछ ।

अदालतले धरौटी रकम रुजु गरी छुट पुर्जी जारी गरेपछि उनी आजै थुनामुक्त हुनेछन् । उच्च अदालतले उनको मागबमोजिम २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक ग्यारेन्टी स्वीकार गरी रिहा गर्न आदेश दिएको थियो ।

यो समाचारमा

ललितपुररुपन्देहीरवि लामिछानेनख्खु कारागार
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...