रवि लामिछाने थुनामुक्त हुने, उच्च अदालतले राख्यो पाँच शर्त

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

18
Share
Featured
  • सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर (बुटवल इजलास) ले रिहा गर्न आदेश दिएको छ।
  • अदालतले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टीसहित पाँच शर्त पूरा गरेमा थुनामुक्त गर्न निर्देशन दिएको हो।
  • सहकारीको ५५ करोडभन्दा बढी रकम अपचलन अभियोगमा उनीसहित ४२ जना प्रतिवादी छन्, जिल्ला अदालतको थुनामा राख्ने आदेश उच्च अदालतले बदर गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रिहा गर्न आदेश दिएको छ । यो आदेशसँगै उनी बिहीबार नै ललितपुरको नख्खु कारागारबाट छुट्ने भएका छन् ।

अदालतले उनलाई रिहा गर्नका लागि पाँचवटा शर्त अगाडि सारेको छ । न्यायाधीशद्वय डिल्लीराज आचार्य र शान्तिसिंह थापाको संयुक्त इजलासले लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक ग्यारेन्टी राखेकाले त्यसलाई स्वीकार गरी थुनामुक्त गर्न आदेश दिएको हो ।

अदालतका शर्तहरू:

जिल्ला अदालतले माग गरेको धरौटी रकम स्वीकार गर्ने ।

बिगो बराबरको २ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी सुरक्षित गर्ने ।

विदेश यात्रा गर्दा अदालतलाई पूर्व जानकारी दिने ।

जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्ने ।

अन्तिम फैसलाबाट थप दायित्व सिर्जना भए तिर्न/बुझाउन मञ्जुर हुने ।

यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामै राख्न आदेश दिएपछि लामिछाने उच्च अदालत पुगेका थिए । सहकारीको ५५ करोडभन्दा बढी रकम अपचलन गरेको अभियोगमा उनीसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ ।



यो समाचारमा

काठमाडौँनख्खु कारागाररवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...