पछिल्ला दिनमा संविधान अतिक्रमित भएको छ : विष्णु पौडेल

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

23
Share
Featured
  • नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले विभाजन नहुने स्पष्ट पारे।
  • उनले महाधिवेशनमार्फत पार्टीभित्र लोकतान्त्रिक अभ्यास भएको र पार्टी मुलुकको लोकतन्त्रको ‘च्याम्पियन’ रहेको बताए।
  • संविधान अतिक्रमण र लोकतान्त्रिक अधिकारमा संकुचन भएको भन्दै, लोकतन्त्र, संविधान र अग्रगतिको पक्षमा अनुकूल राजनीतिक परिस्थिति निर्माण गर्न पार्टी प्रतिबद्ध छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन् ।

महाधिवेशनको नतिजा सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले आन्तरिक जीवनमा लोकतान्त्रिक अभ्यास गर्दै आएको बताए।

उनले भने, ‘महाधिवेशनमा हामीले लोकतान्त्रिक अभ्यास गर्छौं । यो लोकतान्त्रिक अभ्यासले पार्टीको आन्तरिक जीवन कसरी हुन्छ भन्ने प्रश्न उठ्ला । मुलुकको लोकतन्त्रको च्याम्पियन हौँ भन्ने पनि यसले बताउँछ । पछिल्ला दिनमा संविधान अतिक्रमित भएको छ । लोकतान्त्रिक अधिकारमा संकुचन आएको छ । लोकतन्त्र, संविधान र अग्रगतिको पक्षमा राजनीतिक परिस्थती अनुकुल निर्माण गर्नका लागि हामी अगाडि बढ्छौं ।’

उपाध्यक्ष पौडेलले एमाले मुलुकको लोकतन्त्रको ‘च्याम्पियन’ भएको दाबी गर्दै पछिल्ला दिनमा संविधान अतिक्रमित हुँदै गएको र लोकतान्त्रिक अधिकारमा संकुचन आएको उल्लेख गरे । उनले लोकतन्त्र, संविधान र अग्रगतिको पक्षमा अनुकूल राजनीतिक परिस्थिति निर्माण गर्न पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँविष्णुप्रसाद पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...