१०.६६ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

11
Share
Featured

काठमाडौँ

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसुचक १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा रोकिएको छ । अघिल्लो बुधबार भने नेप्से २६२५.६९ अंकमा पुगेर रोकिएको थियो ।

यसदिन सेन्सेटिभ इण्डेक्स १.६३ अंक घटेकोछ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । यसदिन कुल ३२९ स्टकको ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ६४ हजार पटकको कारोबारमा भएको हो । यसअघि बुधबार ४ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

यसदिन स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यी दुई कम्पनीको शेयर १० प्रतिशतभन्दा धेरैले बढेको हो । यस्तै, सिन्धु विकास बैंकको शेयर मूल्य पनि साढे ९ प्रतिशतले बढेको छ ।

यसदिन बाराही हाइड्रो पब्लिक लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी घटेको छ । यस कम्पनीको शेयर आज प्रतिकित्ता ४.७६ प्रतिशतले घटेर ५३४ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

यस्तै, यसदिन कारोबार रकमका आधारमा बाराहि हाइड्रो पावर, राधि जलविद्युत कम्पनी र बुटवल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन ब्यापार, निर्जीवन इन्स्योरेन्स र होटल उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन वित्त र अन्य उपसमूहको सूचक १ प्रतिशत भन्दा धेरैले घटेको हो ।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...