सेन्सर पास भएसँगै ‘झरीपछिको इन्द्रेणी’ काे अग्रीम टिकट बुकिङ खुल्ला

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

10
Share
Featured

काठमाडौँ

पौष ४ गते शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ ।

सेन्सर बोर्डबाट यो चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो फिल्म हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने भएका छन् ।

२ घण्टा १९ मिनेटसम्म बनेको यो फिल्मले दर्शकलाई मनोरञ्जन मात्रै नभई गहिरो सन्देश समेत दिने छ । भोली (शुक्रवार) रिलिज हुने सिनेमा सेन्सर पास भएसँगै यो फिल्मको अग्रीम टिकट बुकिङ पनि खुल्ला गरिएको छ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो फिल्म छायांकनका लागि उप्रेती संयुक्त राज्य अमेरिकाबाट नेपाल फर्किएका थिए । फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपा श्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

यो समाचारमा

दीपा श्री निरौलादेशभक्त खनालनेपालप्रियना आचार्य
काठमाडौँ7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...