सहकारी ठगी प्रकरण: रवि लामिछानेको मुद्दामा आज पेसी

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

14
Share
Featured
  • रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा थुनामा रहेका छन्।
  • उनका मुद्दामा आज (बिहीबार) उच्च अदालत बुटवलमा पेसी तोकिएको छ; पूर्वमा जिल्ला अदालतले थुनामै राख्न आदेश दिएको थियो।
  • आजको पेसीमा उनको थुना निरन्तर रहने वा धरौटीमा रिहा हुनेबारे बहस हुने सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आज (बिहीबार) पेसी तोकिएको छ । उच्च अदालत बुटवलमा उनको मुद्दाको पेसी तोकिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले जिल्ला अदालत, रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतले गत साउन २६ गते उनलाई थुनामै राख्न आदेश दिएको थियो ।

यसअघि उच्च अदालतमा उनको मुद्दा गत हप्ता ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने त्यसअघिका दुई पेसीमा लामिछाने पक्षका कानुन व्यवसायीले नै बहस रोक्न निवेदन दिएका थिए । आजको पेसीमा उनको थुना निरन्तर रहने वा धरौटीमा रिहा हुने भन्नेबारे बहस हुने सम्भावना छ ।

यो समाचारमा

रवि लामिछानेकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीरुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...