‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

19
Share
Featured

पत्रकार राजिव खत्री बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गरे।

खत्रीले नेपालको राजनीति वर्तमानमा विकृत अवस्थामा पुगेको उल्लेख गर्दै आफूले सत्यको पक्षमा रहन रास्वपामा प्रवेश गरेको बताए।

पत्रकारितामा आठ वर्षको अनुभवपछि सक्रिय राजनीतिमा प्रवेश गरेका खत्रीले धर्म–पाप र सत्य–असत्यका जटिलतालाई समेट्दै आफ्नो राजनीतिक दृष्टिकोण प्रस्तुत गरे।

समाचार सारांशGenerated using AI.

काठमाडौँ

पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । बुधबार आयोजित एक विशेष कार्यक्रममार्फत उनले रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशका क्रममा खत्रीले नेपालको वर्तमान राजनीति विकृतिको चरम अवस्थामा पुगेको टिप्पणी गरे ।

उनले भने, ‘नेपालको राजनीति सधैं एउटै ठाउँमा रहिरहन सक्दैन । अहिलेको अवस्था महाभारतमा कौरव–पाण्डव युद्ध हुनुअघिको कुन पक्षमा उभिने भन्ने जस्तो छ । आजको राजनीतिमा पनि को कौरवको पक्षमा र को पाण्डवको पक्षमा भन्ने अवस्था आएको छ ।’

पत्रकारितामा रहँदा आफूले भूईँमान्छेको आवाज उठाउने प्रयास गरेको दाबी गर्दै उनले अहिले राजनीतिमा प्रवेश गर्दा सत्यको पक्ष रोजेको बताए ।

‘राजनीतिमा पहिलो खुड्किलो राख्दै गर्दा म पाण्डवको, अर्थात् सत्यको पक्ष लिनुपर्छ भन्ने ठानेर रास्वपामा आएको हुँ ।’ उनले भने ।

उनले धर्म र पापका विषयमा पनि आफ्नो धारणा राख्दै भने, ‘सत्यको पक्षमा आउँदै गर्दा मैले मात्रै धर्म पूरा गरिरहेको छु भन्ने होइन । कौरवको पक्षमा लागेर पनि धर्म निर्वाह हुन सक्छ । किनभने पापमा पनि धर्म हुन्छ र धर्ममा पनि धर्म हुन्छ ।’

न्यूज २४ टेलिभिजनमा आठ वर्ष लामो कार्यकाल पूरा गरेका खत्रीले हालै उक्त टेलिभिजनसँगको यात्रा टुंग्याउँदै सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...