निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

23
Share
Featured
  • सरकार र नागरिक बचाउ महाअभियानबीच मंगलबार साँझ सौहार्दपूर्ण वातावरणमा सकारात्मक संवाद भएको छ।
  • दुबै पक्षले आ–आफ्ना माग राख्दै आन्तरिक गृहकार्य गरेर चरणवद्ध वार्ता र समाधान प्रक्रिया अघि बढाउने प्रारम्भिक सहमति जनाएको छ।
  • सरकारकोतर्फ सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना र नागरिक बचाउ अभियानका प्रेमदिप लिम्बु, देवीप्रसाद सङ्ग्रौला, प्रेम थापामगर सहभागी थिए; वार्ता सहजीकरण अधिवक्ताद्वयले गरेका थिए।
  • वार्ताको निचोडपछि अभियान टोली प्रधानमन्त्री सुशीला कार्कीसमक्ष वार्ता गर्ने र सरकार निर्वाचन सहज र शान्तिपूर्ण बनाउने उद्देश्यले विभिन्न दल र सरोकारवालासँग संवाद जारी राख्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सरकारद्धारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मंगलबार साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

सञ्चारमन्त्री खरेलले भने, ‘सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुबैतर्फबाट आ–आफ्ना कुराकानी सौहार्दपूर्ण ढङ्गले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ ।’

अभियानका केन्द्रीय प्रेमदिप लिम्बुले वार्तामा सकारात्मक र सौहार्दपूर्ण वातावरण कुराकानी भएको बताए । आन्तरिक गृहकार्य गरेर चरणवद्ध वार्ता र संवादको माध्यमबाट महाअभियानले उठाएको मागहरुको समाधान गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।

वार्तामा सरकारकोतर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानबाट सचिव प्रेमदिप लिम्बुको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका हुन् ।

आजको वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाद प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।

सरकारले निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो ।

सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न केही दिन अघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो ।कानुनमन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।

उक्त समिति अन्तर्गत राजनीतिक दल र विभिन्न पक्षहरुसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको थियो । सोही समितिले मंगलबार महाअभियानका टोलीसँग वार्ता गरेको हो ।

यो समाचारमा

अनिलकुमार सिन्हासञ्चार तथा सूचना प्रविधि मन्त्रालयदुर्गा प्रसाद प्रसाईकाठमाडौँ
जगदीश खरेल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...