फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

18
Share
Featured
  • निर्वाचन अपरिहार्य: मेयर चिरिबाबु महर्जनले अन्तरिम सरकारको मुख्य जिम्मेवारी फागुन २१ गते निर्वाचन गराउनु नै भएको बताए।
  • जेनजीप्रति असहमति: जेनजीहरूले “चुनाव हुन दिँदैनौं” भन्ने धारणा लिनु गलत भएको भन्दै निर्वाचन प्रक्रियामा सहयोग गर्नुपर्नेमा जोड दिए।
  • महानगरको प्रगति: जनप्रतिनिधि र कर्मचारीबीचको राम्रो सहकार्यका कारण ललितपुर महानगरमा दैनिक नयाँ र अनुकरणीय कामहरू भइरहेको दाबी गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ललितपुर महानगरपालिका प्रमुख चिरि बाबु महर्जनले पछिल्लो समय जेनजीहरुले चुनाव हुन दिँदैनौं भनेर स्वर परिवर्तन गरेको बताएका छन् ।

बुधबार ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अन्तरिम सरकारको जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको बताउँदै कुनैपनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।

उनले भने,‘अहिलेको सरकारको मुख्य काम भनेको फागुन २१ गतेको निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । मलाई यो कुराले चिसो पसेको छ कि जेनजीले आमा भन्नुहुन्छ । तर यो पछिल्लो कालखण्डमा आएर जेनजीले अलिकति स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिन्न भनिरहेको छ । यो भन्न पाइँदैन ।चुनाव गर्ने पर्छ । जेनजीले यो चुनाव गर्न दिँदैनौं भन्ने काम गर्न हुँदैन । जेनजीहरु साना भाई बहिनीहरु छन् बुद्दी पलाएको छैन,पलाओस् । आफ्नो आमाले गर्न लागेको सफल काममा सहयोग गर्नैैपर्छ ।’

त्यस्तै,उनले ललितपुर महानगरपालिकामा अहिलेसम्मको इतिहासमा नै अहिलेको जस्तो जनप्रतिनिधिहरुको मिलाप कहिलेपनि नरहेको बताए । जनप्रतिनिधिहरुको मिलापले नै महानगरपालिकामा प्रत्येक दिन नयाँ काम भइरहेको धारणा राखे ।

‘जनप्रतिनिधिहरुको मिलाप कहिले पनि थिएन । जनप्रतिनिधि र कर्मचारीहरुबीचको मित्रताको जुन फ्युजन छ त्यसको कारण महानरगपालिकाले प्रत्येक दिन नयाँ काम गर्न सफल भएको छ,’उनले भने ।

मेयर महर्जनले ललितपुर महानगरपालिकामा भएका सबै नयाँ कामहरु अरुले पनि अनुसरण गर्न मिल्ने काम रहेको दावी गरे ।

यो समाचारमा

काठमाडौँललितपुर महानगरपालिकाचिरि बाबु महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...