एमाले देश हितको पक्षमा अविचलित छ- महेश बर्तौला

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

12
Share
Featured
  • एमाले नेता महेश बर्तौलाले पार्टी स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक अघि बढिरहेको बताएका छन्।
  • आन्तरिक प्रतिस्पर्धालाई पार्टी फुट्ने संकेत मान्नु गलत भएको र यो एमालेको स्वाभाविक राजनीतिक अभ्यास भएको उनको भनाइ छ।
  • उनले प्रतिस्पर्धाबाटै उत्तम नेतृत्व चयन हुने र परिणामपछि पार्टी अझ एकताबद्ध भएर अघि बढ्ने दाबी गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता महेश कुमार वर्तौलाले आफ्नो पार्टी मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् । ११औँ महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेता बर्तौलाले केही शक्तिहरूले एमाले कमजोर होस् भन्ने चाहे पनि पार्टी देश हित, सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रहेको स्पष्ट पारे । "जतिसुकै एक्लाउने प्रयास भए पनि र जति नै आक्रमणको निशानामा पारिए पनि हामी आफ्नो मूल मार्गबाट विचलित हुँदैनौँ," उनले भने ।

उनले एमाले फुटोस् र त्यही आधारमा नयाँ पार्टी बनाउँछु भन्नेहरूको सपना कहिल्यै पूरा नहुने दाबी गरे । बर्तौलाले महाधिवेशनमा भइरहेको आन्तरिक प्रतिस्पर्धालाई पार्टी फुट्ने संकेतका रूपमा बुझ्नेहरू निराश हुने बताए ।

"आन्तरिक प्रतिस्पर्धा एमालेको नियमित र स्वाभाविक राजनीतिक प्रक्रिया हो," उनले भने, "प्रतिस्पर्धामार्फत उत्तम नेतृत्व चयन गर्ने हाम्रो अभ्यास पुरानै हो ।" उनले निर्वाचनमा जित्नेले नेतृत्व गर्ने र हार्नेलाई पनि साथमा लिएर पार्टी एकताबद्ध रूपमा अघि बढ्ने बताए ।

यो समाचारमा

महेश कुमार वर्तौलाकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...