मधेश प्रदेश सरकारमा भाडबन्डा विवाद चर्कियो

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

16
Share
Featured
  • मधेश प्रदेशको कांग्रेस नेतृत्वको सरकारमा सात दलीय गठबन्धनबीच असन्तुष्टि बढ्दै गएको छ, र मुख्यमन्त्री कृष्णा यादवले विश्वासको मत लिन बाँकी छ।
  • जनमत पार्टीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नपाउँदा असन्तुष्टि जनाउँदै सरकार छाड्ने संकेत दिएको छ, भने जनता समाजवादी पार्टी नेपालले अहिलेसम्म कुनै मन्त्रालय पाएको छैन।
  • सभामुख चयनका लागि मधेश प्रदेश सभामा प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ, भोलि सर्वदलीय बैठक र प्रदेश सभा बैठक हुने जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सात दलीय गठबन्धनको निर्णय अनुसार मधेश प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा बनेको अहिलेको सरकारमा दलहरुबीच असन्तुष्टि बढेको देखिएको छ ।

मुख्यमन्त्री कृष्णा यादवले विश्वासको मत लिन अहिले बाँकी नै रहेको छ । मन्त्रिपरिषद् विस्तार गर्ने कार्य चलिरहेको छ । सोमबार (हिजो) मात्रै मन्त्रिपरिषद विस्तार गरेर दुईजना नयाँ मन्त्री नियुक्त गरिएको छ भने विना विभागीय मन्त्रीहरुको पनि मन्त्रालय तोकिएको छ ।

यसैबीच जनमत पार्टीले भने आफूले चाहेको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी नेकपा एसका कनिष पटेललाई दिएपछिकोमा असन्तुष्टि जनाउँदै सरकार छाड्ने संकेत पनि गरेको छ ।

जनमत पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम मधेश प्रदेशका पूर्वमन्त्री ई.बसन्त कुशवाहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मधेश प्रदेश सरकारले गरेको भागबन्डाबाट जनमत पार्टी असन्तुष्ट भएको लेखेका छन् ।

उनले लेखेका छन्,‘मधेश प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति दयनीय अवस्थामा आइपुगेको छ । यस आर्थिक वर्षमा हामीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १०औ हजार रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरेका छौं । तर भागवन्डाको नाममा अरुलाई त्यो मन्त्रालय दिनु भनेको सम्पूर्ण रोजगारी कार्यक्रमलाई अल्पत्र पार्नु हो । जनमत पार्टीको उद्देश्य बमोजिम सरकारमा सुनिश्चिता नभए मधेश प्रदेश सरकारबाट अलग हुन तयार हुनुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष कुशवाहाले बजेट निर्माणका बेला जनमत नेतृत्वको सरकार रहेकाले प्रदेशमा हजारौं रोजगारी सृजना हुनेगरी बजेट बनाइएको बताए । उनले पर्यटन मन्त्रालय जनमतले पाएको खण्डमा प्रदेशको १० औं हजार जनताले रोजगारी पाउन सक्ने दाबी गरेका छन् ।

यता, जनता समाजवादी पार्टी, नेपालले पनि अहिलेसम्म कुनै पनि मन्त्रालय लिएको छैन । जसपा नेपालले सभामुख र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी माग गर्दै आएको छ । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामआशिष यादवका अनुसार मुख्यमन्त्रीले कृष्णा यादवले विश्वासको मत लिईसकेपछि मात्र जसपा नेपालले मन्त्रालय बाँडफाँटमा दाबी गर्नेछ ।

यता, सभामुख चयनका लागि मधेश प्रदेश सभाले पनि प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । भोलि विहान ११ बजे मधेश प्रदेशकी उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा सर्वदलीय बैठक डाकिएको छ । भोलि नै दिउँसो १ बजे मधेश प्रदेश सभाको बेठक पनि बोलिएको छ ।

यो समाचारमा

जनता समाजवादी पार्टी, नेपालनेपाली काँग्रेसमधेश प्रदेशकाठमाडौँ
फेसबुक4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री बालेन शाहको 'सीमासम्बन्धी अभिव्यक्ति' संसद्को रेकर्डबाट हटाउन सांसदहरूको माग

    काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गरेका छन् ।प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिँदै सुकुमवासी समस्या समाधानसहित समसामयिक विषयमा भनाइ राखेका हुन् ।सांसद गणेशसिंह ठगुन्नाले सुकुमवासीको समस्या बेलैमा सम्बोधन गर्न सरकारको ध्यानर्कषण गराए

    Data is loading...

    Loading brands...

    Loading footer...