असन्तुष्टिपछि पनि ओलीको समर्थनमा ज्ञवाली, ओलीलाई शानदार मतका साथ विजयी गराउन आग्रह

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

14
Share
Featured
  • एमाले नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर जिताउन अपिल गरे।
  • महासचिवमा शंकर पोखरेल दोहोरिएपछि असन्तुष्ट देखिए पनि उनले ओली नेतृत्व निरन्तरता आवश्यक रहेको बताए।
  • ज्ञवालीले आफू केन्द्रीय कमिटी सदस्य पदका उम्मेदवार रहेको जनाउँदै प्रतिनिधिहरूबाट मन र मतको अपेक्षा व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको पक्षमा उभिएका छन् । एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा मंगलबार दिउँसो ३ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । उक्त निर्वाचनमा ज्ञवालीले अध्यक्ष ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् ।

सोमबार ओलीले शंकर पोखरेललाई महासचिवमा दोहो-याए पछि महासचिवका आकांक्षी रहेका ज्ञवाली ओलीसँग असन्तुष्ट बनेका थिए । तर, आज सामाजिक सञ्जालमार्फत एमालेको आन्तरिक जीवनका लागि मात्र नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि ओलीको पक्षलाई शानदार मतका साथ विजयी गराउन अपिल गरेका छन् ।

उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु ।’

साथै, उनले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उमेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे ।

‘म हमेशा तपाईँहरूकै बिचमा छु, त्यहीँ रहन्छु,’ उनले थप लेखेका छन्, ‘यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु ।’

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीकाठमाडौँशंकर पोखरेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...