युक्रेनलाई सुरक्षा प्रत्याभूति दिन अमेरिका सहमत

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

11
Share
Featured
  • रुस–युक्रेन युद्ध अन्त्यका लागि प्रस्तावित शान्ति सम्झौताको एक हिस्साको रूपमा अमेरिकाले युक्रेनलाई सुरक्षा प्रत्याभूति दिन सहमति जनाएको छ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरू र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच बर्लिनमा भएको छलफलपछि वार्तामा उल्लेखनीय प्रगति भएको बताइएको छ।
  • प्रस्तावित सम्झौतामा बहुराष्ट्रिय सुरक्षा बल, युक्रेनी सेनाको पुनर्निर्माण तथा हवाई र समुद्री सुरक्षामा सहयोगजस्ता विषय समावेश छन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

अमेरिकाले रुस-युक्रेन युद्ध अन्त्य गर्ने शान्ति सम्झौताको एक हिस्साको रूपमा युक्रेनलाई सुरक्षा प्रत्याभूति दिन सहमति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पका दूतहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बर्लिनमा भएको छलफलपछि वार्तामा उल्लेखनीय प्रगति भएको हो ।

राष्ट्रपति ट्रम्पले शान्ति सम्झौता अहिलेसम्मकै सबैभन्दा नजिक पुगेको दाबी गर्दै यसमा युरोपेली नेताहरूको पनि बलियो समर्थन रहेको बताएका छन् । करिब चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि यसै हप्ता थप वार्ता हुने सम्भावना छ ।

प्रस्तावित सम्झौतामा युरोपको नेतृत्वमा बहुराष्ट्रिय बल गठन गर्ने, युक्रेनी सेनाको पुनर्निर्माण गर्ने तथा हवाई र समुद्री सुरक्षामा सहयोग गर्ने जस्ता विषयहरू समावेश छन् । साथै, युक्रेनलाई नेटोको सामूहिक सुरक्षा सिद्धान्त 'आर्टिकल ५' जस्तै सुरक्षा संयन्त्र उपलब्ध गराउने विषयमा पनि विस्तृत छलफल भएको बताइएको छ ।

यो समाचारमा

डोनाल्ड जोन ट्रम्पयुक्रेनभोलोदिमिर जेलेन्स्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरानबाट ट्रम्प र नेतन्याहुलाई ‘आकस्मिक मृत्यु’को चेतावनी

    काठमाडौं । अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका सरकारनिकट सञ्चारमाध्यमहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्प र इजरायली प्रधानमन्त्री बेंजामिन नेतान्याहूलाई लक्षित गर्दै कडा धम्की दिएका छन्। इरानी दैनिक 'हामसहरी' ले आफ्नो पहिलो पृष्ठमा 'आकस्मिक मृत्युका लागि तयार हुनुहोस्' शीर्षकमा ट्रम्प, नेतन्याहु र अमेरिकी रक्षामन्त्रीको तस्बिरसहितको सामग्री प्रकाशन गरेको छ।अर्को पत्रिका

    Data is loading...

    Loading brands...

    Loading footer...