१४ राजनीतिक दलले समानुपातिकमा भाग नलिने, प्रत्यक्षमा मात्रै प्रतिस्पर्धा गर्ने

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

19
Share
Featured
  • आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा १४ वटा राजनीतिक दलले समानुपातिक प्रणालीमा भाग नलिई प्रत्यक्ष निर्वाचनमा मात्रै प्रतिस्पर्धा गर्ने भएका छन्।
  • निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ११४ दल दर्ता हुँदा समानुपातिकतर्फ १०० दलले मात्र आवेदन दिएका छन्।
  • कतिपय दलले अर्को दलको चुनाव चिह्न प्रयोग गर्ने भएकाले समानुपातिकमा अलग्गै दर्ता नगरेको हुन सक्ने आयोगले जनाएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा १४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग नलिने भएका छन् । निर्वाचन आयोगका अनुसार, यी दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्रै प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको संविधानले प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ । जसअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् ।

आयोगका अनुसार, आगामी निर्वाचनमा प्रत्यक्षतर्फ ११४ दल दर्ता भएका छन् भने समानुपातिकतर्फ १०० दलले मात्रै आवेदन दिएका छन् ।

प्रत्यक्षमा मात्रै भाग लिने दलहरूमा विवेकशील साझा पार्टी, राष्ट्रिय समता पार्टी नेपाल, लोक दल, परिवर्तन पार्टी, राष्ट्रवादी केन्द्र नेपाल लगायत १४ दल रहेका छन् ।

आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार, कतिपय दलले अर्को दलको चुनाव चिह्नमा समानुपातिकतर्फ भाग लिने भएकाले पनि छुट्टै दल दर्ता नगराएको हुन सक्ने बताए । निर्वाचनमा मतदाताले प्रत्यक्ष र समानुपातिकका लागि दुई छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्नेछ ।

यो समाचारमा

विवेकशील साझा पार्टीपरिवर्तन पार्टीराष्ट्रिय समता पार्टी नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...