बालेनको स्वर रहेको ‘झरिपछिको इन्द्रेणी’को गीत सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ मंसिर २९, सोमबार

18
Share
Featured
  • चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ओएसटी मेयर बालेन शाहको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।
  • बालेनले आम नेपाली बुवालाई समर्पित र्‍यापमा शब्द र प्रस्तुति दिएका छन्, कोरसमा देवकोटाको कविता समावेश छ।
  • गणेश उप्रेतीको कमब्याक रहेको फिल्म आगामी पौष ४ गते देशव्यापी रिलिज हुँदैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को युट्युब च्यानलबाट आइतबार साँझ ओएसटी सार्वजनिक गरिएको हो ।

बालेनले आफ्नो र्याप बुवालाई समर्पित गरेका छन् । र्यापको कोरसमा महाकवि को कविता ‘कुन मन्दिरमा जान्छौँ यात्री’ समावेश छ । कोरस गायन दीक्षा उप्रेतीको छ ।

‘आम नेपाली बुवा’मा र्याप सँगै शब्द पनि बालेनको छ । आम बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्धलगायत समाजको यथार्थ -यापमा समावेश गरिएको छ । भिडियोमा चलचित्रका दृश्यहरू समेटिएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।

सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपा श्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ । आगामी पौष ४ गते देशब्यापी रिलिज हुने यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ ।

सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् । निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।

यो समाचारमा

काठमाडौँरमेश उप्रेतीदेशभक्त खनालप्रियना आचार्य
प्रकाश घिमिरे9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...