नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह

Author

सजिलो पत्रिका

२०८२ मंसिर २९, सोमबार

17
Share
Featured
  • मेयर बालेन्द्र शाहले स्वास्थ्य, शिक्षा, रोजगारी, वातावरण र पूर्वाधारलाई महानगरको गौरवका योजना बनाएर कार्यान्वयन भइरहेको बताए।
  • धूलोरहित सडकअन्तर्गत ५५ किमि सडक सुधार, ६२ चोकमा लाइट जडान र १३ हजारभन्दा बढी सडकबत्ती राखिएको जानकारी दिए।
  • १,०८६ विपन्नको उपचार सिफारिस, २१० जनालाई निःशुल्क उपचार तथा ३५ स्वास्थ्य संस्था स्थापना गरिएको उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको बताएका छन् ।

३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिएको बताए ।

उनले भने, ‘काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको छ । आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र महानगरपालिकाले नियमित काम गर्ने क्षेत्र हुन् । महानगरले नियमित कामसँगै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन, वातावरण सुधार र पूर्वाधारका कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको छ ।’

यस्तै, उनले महानगरले धूलोरहित सडक कार्य अन्र्तगत ५५ किलो मिटर सडक सुधारको काम सम्पन्न गरेको, ६२ वटा चोकमा लाइट जडान गरेको, सडक बत्तिको गुणस्तर कायम गराउन रात्रिकालिन सहरी सौन्दर्यलाई एकनास बनाउन ५ हजार ३ सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ति राखेर सहरलाई उज्यालो बनाउदै गरेको पनि जानकारी दिए ।

उनले भने, ‘आम नागरिकको प्रत्यक्ष चासोका रुपमा रहेका निरन्तर सञ्चालन हुने कार्य मध्य प्राथमिकतामा राख्नु पर्ने कामलाई स्वर्णिम योजनाका रुपमा राखिएको छ । यसरी सञ्चालन गरिएको कार्यक्रम मध्य धूलोरहित सडक कार्य अन्तरगत ५५ किलो मिटर सडक सुधारको काम सम्पन्न भएको छ । ६२ वटा चोकमा लाइट जडान गरिएको छ । सडक बत्तिको गुणस्तर कायम गराउन रात्रिकालिन सहरी सौन्दर्यलाई एकनास बनाउन ५ हजार ३ सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ति राखेर सहरलाई उज्यालो बनाउँदैछौँ ।’

यस वर्ष १ हजार ८६ जना विपन्न नागरिकको उपचार सिफारिस गरेको, बेवारिसे, विपन्न र बेसाहारा निशूल्क उपचार अन्तरगत २ सय १० जनालाई निशूल्क उपचार सेवा प्रदान गरेको पनि उनले जानकारी दिएका छन् ।

उनले भने, ‘यस वर्ष १ हजार ८६ जना विपन्न नागरिकको उपचार सिफारिस भयो, बेवारिसे, विपन्न र बेसाहारा निशूल्क उपचार अन्तरगत २ सय १० जनालाई निशूल्क उपचार सेवा प्रदान गरियो । ३२ वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्रसहित ३५ वटा स्वास्थ्य संस्था, जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेका छौ । १० वटा केन्द्रलाई बिमाका प्रथम सेवा विन्दुका रुपमा सञ्चालन गरेका छौँ ।’

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)काठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...