एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ गतेदेखी १९ सम्म

Author

सजिलो पत्रिका

२०८२ मंसिर २८, आइतबार

16
Share
Featured

काठमाडौँ

नवौं संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुसमा हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता पुस ११–१९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ ।

गत वर्ष हुन नसकेको प्रतियोगिता यसपटक आयोजना हुन लागेको अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रतियोगिताका लागि टिम दर्ता गर्न प्रदेश, जिल्ला र क्लबहरु पत्राचार गरिएको पनि अध्यक्ष चन्दले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेता २ लाख ५० हजार र तेस्रो स्थानमा हुनेले १ लाख २५ हजार पाउने छन् । यो प्रतियोगिताबाट उत्कृष्ट ८ पुरुष र उत्कृष्ट ६ महिला टिम दशौं पिएम कप, एनभिए महिला तथा पुरुष लिगमा छनोट हुनेछन् । टिम दर्ताका लागि पुस ५ गतेसम्म समय तोकिएको महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

यो समाचारमा

काठमाडौँभलिबल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...