अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी

Author

सजिलो पत्रिका

२०८२ मंसिर २८, आइतबार

17
Share
Featured
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले आइतबार पदभार ग्रहण गर्दै जिम्मेवारी चुनौतीपूर्ण रहेको बताए।
  • उनले पहिलो प्राथमिकतामा हिमाली क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापनलाई राख्दै अदालतको आदेश कार्यान्वयन तत्काल अघि बढाइने स्पष्ट गरे।
  • मन्त्रिपरिषद् हेरफेरपछि प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएकी हुन्, यसअघि उनले कानुन तथा उद्योग मन्त्रालय सम्हालिसकेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । आइतबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि बोल्दै मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘यो जिम्मेवारी चुनौतिपूर्ण छ । यसका लागि समय, लगनशीलता र सबैको साथ आवश्यक छ । संस्कृति, पर्यटन र नागरिक उड्डयनजस्ता विषयलाई सञ्चारमाध्यमले जसरी प्रस्तुत गर्छन्, जनताले पनि त्यही रूपमा बुझ्ने गर्छन् ।’

उनले आफ्नो पहिलो प्राथमिकताका रूपमा हिमाली क्षेत्रहरूमा थुप्रिएको फोहोर व्यवस्थापनलाई अघि बढाइने बताए ।

‘हिमाली क्षेत्रमा अत्यधिक फोहोर जम्मा भएको विषयमा अदालतबाट समेत आदेश जारी भएको छ । सो आदेशको पालना गर्न हामीले तत्काल काम गर्नुपर्छ,’ उनले भने ।

शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा मौजुदा मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी तोकेकी थिइन् । सिन्हाले यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...