एमाले महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय कमिटी बैठक बोलाइयो

Author

सजिलो पत्रिका

२०८२ मंसिर २८, आइतबार

19
Share
Featured
  • एमालेले ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बोलाएको छ।
  • नेतृत्व चयन प्रक्रिया सहज र व्यवस्थित बनाउन बैठक आह्वान गरिएको हो।
  • केन्द्रीय कमिटी बैठक सकिएपछि मात्र बन्दसत्र सुरु हुने प्रचार विभागले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेकपा (एमाले) ले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

भृकुटीमण्डपमा बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरू जम्मा भइरहेका बेला पार्टीले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, महाधिवेशनमा नेतृत्व चयन प्रक्रियालाई सहज बनाउनका लागि बैठक बोलाइएको हो । केन्द्रीय कमिटीको बैठक सकिएपछि मात्रै बन्दसत्र सुरु हुने उनले जानकारी दिए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...