सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

18
Share
Featured
  • सुदूरपश्चिम रोयल्सले फाइनलमा लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ, पहिलो ब्याटिङमा ८५ रनमा सबै विकेट गुमायो।
  • इसान पाण्डेले सुदूरपश्चिमका लागि सर्वाधिक ३३ रन बनाएका थिए, हेमन्त धामी अविजित रहे।
  • लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे, शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३—३ विकेट लिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे ।

ब्लिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे । रोहित एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाण्डु गोर्खाजका शाहव आलमले ह्याट्रिक पूरा गरेका थिए ।

रोहितले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३—३ र तिलक भण्डारीले एक विकेट लिए ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने इलिमिनेटरमा काठमाडौं गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गरेर लुम्बिनीले फाइनलमा आफ्नो स्थान बनाएको हो ।

यो समाचारमा

कीर्तिपुरकाठमाडौँनेपाल प्रिमियर लिगत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...