एमाले महाधिवेशन प्रतिनिधिमा उपमेयर सुनिता डंगोल मनोनीत

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

17
Share
Featured
  • काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेको ११औँ महाधिवेशन प्रतिनिधि मनोनीत भएकी छन्।
  • शुक्रबार बसेको सचिवालय बैठकले १०८ प्रतिनिधि मनोनयन गर्दा डंगोल ४९औँ नम्बरमा परेकी हुन्।
  • मंसिर २७–२९ सम्म हुने महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि मनोनीत भएकी छन् ।

एमालेको शुक्रबार बसेको सचिवालय बैठकले १०८ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको थियो, जसमा डंगोल ४९औँ नम्बरमा परेकी हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट उनी भारी मतका साथ उपमेयरमा निर्वाचित भएकी थिइन् ।

एमालेको ११औँ महाधिवेशन आज (मंसिर २७) देखि २९ गतेसम्म काठमाडौँमा चल्नेछ । यस महाधिवेशनले आगामी कार्यकालका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकानेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँसुनिता डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...