यू–१९ एसिया कप: नेपालले आज पहिलो खेल श्रीलंकासँग खेल्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

12
Share
Featured
  • एसीसी पुरुष यू–१९ एसिया कपमा नेपालले आज बिहान १०:४५ बजे श्रीलंकाविरुद्ध पहिलो खेल खेल्दैछ।
  • समूह ‘बी’ मा रहेको नेपालले डिसेम्बर १५ मा बंगलादेश र डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्नेछ।
  • अशोक धामीको कप्तानीमा नेपालसहित ८ टोली सहभागी प्रतियोगिता एकदिवसीय फर्म्याटमा भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । समूह 'बी' मा रहेको नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वीका रूपमा श्रीलंकाको सामना गर्न लागेको हो ।

यो खेल नेपाली समयअनुसार आज बिहान १०:४५ बजेदेखि सुरु हुनेछ । एकदिवसीय फर्म्याटमा आयोजना भइरहेको प्रतियोगितामा नेपाल प्रिमियर कपबाट छनोट भएर पुगेको हो ।

नेपाल रहेको समूह 'बी' मा श्रीलंकासहित अफगानिस्तान र बंगलादेश जस्ता बलिया टोलीहरू छन् । नेपालले आफ्नो दोस्रो खेल डिसेम्बर १५ मा बंगलादेशसँग र तेस्रो तथा अन्तिम लिग खेल डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय युवा टोली यूएई पठाएको छ । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेस्ट राष्ट्रसहित नेपाल र यूएई गरी कुल ८ टोलीको सहभागिता रहेको छ ।

यो समाचारमा

बंगलादेशक्रिकेटकाठमाडौँश्रीलंका
नेपाल क्रिकेट संघ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...