'जेनजी' आन्दोलनमा ८४ अर्बभन्दा बढीको क्षति, पुनर्निर्माणमा ३६ अर्ब लाग्ने अनुमान

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

15
Share
Featured
  • नवयुवाको आन्दोलन (भदौ २३–२४) का क्रममा देशभर करिब ८४.४५ अर्ब रुपैयाँ बराबरको भौतिक संरचना क्षति भएको र सरकारी संरचना पुनर्निर्माणमा ३६.३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
  • घटनामा ५४ जिल्ला, २६२ पालिका प्रभावित, १२,६५९ गाडीमा क्षति (१२.९३ अर्ब), २,६७१ भवनमा क्षति (३९.३१ अर्ब) तथा सामुदायिक/अन्य क्षेत्रमा ५.९७ अर्ब रुपैयाँ बराबरको नोक्सान भएको प्रतिवेदनले देखाएको छ।
  • निजी क्षेत्रको क्षति ३३.५४ अर्ब, सरकारी क्षतिमा संघको ६८%, प्रदेशको १०% र स्थानीय तहको २२% हिस्सा, साथै २,९९९ रोजगारी र १३.८४ अर्ब बराबरको वस्तु–सेवा उत्पादन प्रभावित भएको उल्लेख छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक सार्वजनिक भएको छ ।

क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले हिजो प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार १ सय ६८ सङ्घसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ ।

आन्दोलनका क्रममा सातै प्रदेशमा ५४ वटा जिल्ला र २ सय ६२ पालिकामा क्षति भएको थियो । प्रतिवेदनअनुसार १२ हजार ६ सय ५९ वटा गाडी क्षति हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको नोक्सान हुनुकासाथै सरकारी/सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

त्यसैगरी, दुई हजार ६ सय ७१ भवनमा क्षति पुगेको छ र त्यसमा पनि क्षतिको मूल्याङ्कन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ । प्रतिवेदन अनुसार सामुदायिक तथा अन्य क्षेत्रको पाँच अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

निजी क्षेत्रको क्षतिको मूल्याङ्कन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर र सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत,  प्रदेशको १० र पालिकाको २२ प्रतिशत छ ।

प्रतिवेदन अनुसार आन्दोलनका कारण २ हजार ९ सय ९९ जनाको रोजगारी प्रभावित बनेको छ । साथै, १३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ बराबर वस्तु तथा सेवा उत्पादन प्रभावित भएको छ ।

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...