साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

19
Share
Featured
  • बिहीबार नेप्से १.६६ अंकले घटेर २६०७.३७ मा बन्द भयो, कारोबार रकम पनि घटेर ३.४९ अर्ब बराबरमा सीमित रह्यो।
  • स्वस्तिक लघुवित्त र SY प्यानल नेपाल का शेयर सकारात्मक सर्किटमा पुगे, जबकि मुक्तिनाथ कृषि कम्पनी ८.४२% ले घट्दै दिनको सबैभन्दा ठूलो गिरावटमा पर्यो।
  • कारोबार रकममा ङादी ग्रुप पावर शीर्षमा रह्यो; १३ मध्ये ५ उपसमूह बढे र ८ उपसमूह घटे।
समाचार सारांशGenerated using AI.


साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले घटेको बजार आजपनि घटेर बन्द भएको हो ।

बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०७ अंकले घटेको छ ।

यस दिन बजारमा कारोबार रकममा पनि गिरावट देखिएको छ । बुधबार ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार ३२६ स्टकको ६९ हजार ७२९ पटकको कारोबारमार्फत ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरका ७७ लाख ६८ हजार कित्ता शेयर मात्रै किनबेच भए ।

बिहीबारको कारोबारमा दुई वटा कम्पनीको स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर यस दिन उच्च वृद्धि दर्ता गर्दै सकारात्मक सर्किटमा कारोबार भएका हुन् ।

यस्तै, ७.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशतभन्दा बढी बढ्यो भने श्रीनगर एग्रीटेकको शेयर मूल्य पनि करिब ६ प्रतिशतले उक्लिएको छ । विपरीत रूपमा, बजारमा उच्च कारोबारमा आएको मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ८.४२ प्रतिशतले घट्दै दिनको सर्वाधिक गिरावटमा पर्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । कम्पनीका १८ करोड ९७ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएका छन् । दोस्रो स्थानमा श्रीनगर एग्रीटेक इन्डस्ट्रीज प¥यो, जसका करिब साढे १२ करोड रुपैयाँबराबरका शेयर किनबेच भए ।

१३ मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहमा गिरावट आएको छ । बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहहरूमा सामान्य सुधार देखिएको छ, जबकि अन्य उपसमूहहरूमा दबाब जारी रह्यो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...