जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको छन् : प्रकाण्ड

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

15
Share
Featured
  • माओवादी प्रवक्ता प्रकाण्डले जेनजी विद्रोहलाई साम्राज्यवादीहरूले दुरुपयोग गर्दै राष्ट्रियतामा हस्तक्षेप गरिरहेको आरोप लगाए।
  • उनका अनुसार आन्दोलन जेनजीले गरेको भए पनि शासन अमेरिकी प्रभावमा चलिरहेको र वर्तमान सरकार “कठपुतली” जस्तै काम गरिरहेको छ।
  • जेनजी आन्दोलनपछि देश झनै संकटग्रस्त र अन्योलपूर्ण भएको र यस अवस्थामा विदेशी शक्ति ठूलो षड्यन्त्रमा सक्रिय रहेको दाबी गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित वैचारिक राजनीति प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरुले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाका साथ राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरिरहेको बताएका हुन् ।

त्यस्तै उनले आन्दोलन जेनजीले गरेकोभएतापनि शासन अमेरिकी साम्राज्यवादका तत्वहरुले गरिरहेको आरोप लगाए ।

उनले भने,‘जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरुले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाकासाथ राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरिरहेको छन् । र खतरापनि भइरहेको छ । आन्दोलन जेनजीले गरे, शासन अमेरिकी साम्राज्यवादका तत्वहरुले गरिरहेको छन् ।’

त्यस्तै उनले वर्तमान सरकारलाई कठपुतली सरकारको संज्ञा दिए । जनताको अगाडिका समस्याको समाधान गम्भीरताकासाथ सोच्नको सट्टा मालिकको आदेशमा काम गर्ने उदण्ड भइरहेको उनको भनाई छ । जेनजी आन्दोलापछि देश झन संकटग्रस्त र अन्योलग्रस्त अवस्तामा रहेको बताउँदै उनले यस्तो अवस्थामा झन विदेशीहरुको ठूलो षड्यन्त्र चलिरहेकोमा चिन्ता व्यक्त गरे ।

‘नेपाली जनताको अधिकारका दृष्टिले हेर्ने हो भने अहिले कठपुतली सरकार छ । जनताको अगाडिका समस्याको समाधान गम्भीरताकासाथ सोच्नु छैन् । मालिकको आदेशमा काम गर्ने उदण्ड भइरहेको छ । जेनजी आन्दोलापछि देश झन संकटग्रस्त र अन्योलग्रस्त छ । यो अवस्थामा विदेशीहरुको ठूलो षड्यन्त्र चलिरहेको छ ।’उनले भने

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...