कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार, डिसेम्बर १३ मा उद्घाटन

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

13
Share
Featured
  • भारतको कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो फलामे प्रतिमा निर्माण सम्पन्न गरिएको छ, जुन हालसम्मकै सबैभन्दा ठूलो मेस्सी प्रतिमा मानिन्छ।
  • श्री भूमि स्पोर्टिङ क्लबले ४० दिनमै तयार गरेको यो प्रतिमामा मेस्सी विश्वकप ट्रफी समाइरहेको दृश्य छ, र डिसेम्बर १३ मा भर्चुअल रूपमा उद्घाटन हुने भएको छ।
  • कोलकाताका फुटबलप्रेमीहरू अत्यन्त उत्साहित रहेका छन्, र क्लबका अनुसार यो प्रतिमा म्याराडोनाको प्रतिमाबाट प्रेरित भएर बनाइएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भारतको पश्चिम बंगालस्थित कोलकातामा अर्जेन्टिना फुटबल स्टार लियोनेल मेस्सीको ७० फिट अग्लो विशाल फलामे प्रतिमा निर्माण सम्पन्न भएको छ । हालसम्मकै सबैभन्दा ठूलो बताइएको मेस्सीको यो प्रतिमा दक्षिण दमदमको लेक टाउन क्षेत्रमा रहेको श्री भूमि स्पोर्टिङ क्लबले तयार गरेको हो ।

प्रतिमामा मेस्सीले फिफा विश्वकप ट्रफी समाइरहेको दृश्य देखाइएको छ, र हाल अन्तिम तहको फिनिसिङ कार्य भइरहेको क्लबले बताएको छ ।

प्रतिमाको बाहिरी क्षेत्र सजावटसहित अन्तिम तयारी भइरहेको जनाउँदै परियोजनामा संलग्न मोन्टी पॉलको टिमले फिनिसिङ कार्य गरिरहेको जानकारी दिएको छ ।

श्री भूमि स्पोर्टिङ क्लबका अध्यक्ष तथा पश्चिम बंगालका मन्त्री सुजीत बोसका अनुसार प्रतिमाको निर्माण कार्य जम्मा ४० दिनमै पूरा गरिएको हो । बोसले भने, ‘यो निकै ठूलो प्रतिमा हो, ७० फिट अग्लो । मेस्सीको यस्तो उचाइको प्रतिमा संसारमै छैन । मेस्सी कोलकाता आउँदै छन् । यहाँ उनका धेरै फ्यान छन् ।’

उनले म्याराडोना, इमिलियानो मार्टिनेज र रोनाल्डिन्हो जस्ता फुटबलका महान हस्तीहरू पनि यसअघि कोलकाता आइसकेको उल्लेख गर्दै श्री भूमिको यो परम्परा निरन्तर रहँदै आएको बताए ।

उनका अनुसार मेस्सीको प्रतिमा निर्माण गर्ने प्रेरणा म्याराडोनाको प्रतिमा बनेपछि आएको हो । आगामी २०२६ मा हुसने विश्वकपको सन्दर्भमा यस प्रतिमालाई विशेष मानिएको उल्लेख गर्दै उनले मेस्सी स्वयंले पनि यसलाई मन पराउने विश्वास व्यक्त गरेका छन् ।

बोसका अनुसार प्रतिमाको भर्चुअल उद्घाटन डिसेम्बर १३ मा हुनेछ, किनकि मेस्सी सुरक्षा कारणले व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने भएका छन् । स्थानीय फुटबलप्रेमीहरूले मेस्सीको प्रतिमा देख्न पाउनु, र भर्चुअल रूपमा मेस्सी सहभागी हुने जानकारीले आफूहरूमा ठूलो उत्साह रहेको बताएका छन् । एक प्रशंसकले भने, ‘मेस्सी यहाँ आउँदैछन् भन्ने सुन्नु नै ठूलो कुरा हो । यो प्रतिमा हाम्रो अभिमान हो ।’

यो समाचारमा

फुटबललियोनेल मेस्सीअर्जेन्टिनाभारत
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...