काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्या देवी भण्डारीबीचको भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा छलफल भएको दाबी गरेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बस्नेतले एमालेको महाधिवेशन बिथोल्न र अध्यक्ष ओलीको लोकप्रियता कमजोर पार्न एकपछि अर्को षड्यन्त्र भइरहेको आरोप लगाएका हुन् ।
"दुई दिनअघि मात्र प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भनिएको वार्तामा ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ," उनले लेखेका छन् ।
बस्नेतले 'जेनजी' समूहसँगको सम्झौता, केही सेलिब्रेटीहरूले फैलाएको 'केपी ओली गिरफ्तार' भन्ने हल्ला र पार्टीभित्रैबाट नेता ईश्वर पोखरेलले दिएको अभिव्यक्ति सबै एउटै षड्यन्त्रको हिस्सा भएको दाबी गरेका छन् ।
उनले ईश्वर पोखरेलले पत्रकार सम्मेलनमा अध्यक्ष ओली आयोगमा बयान दिन नगएको विषय उठाएर षड्यन्त्रलाई बल पुर्याएको समेत आरोप लगाएका छन् ।