युवामाथि भ्रम फैलाउने राजा–महाराजाका आसेपासेः प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

20
Share
Featured
  • प्रचण्डले युवा प्रेरणा र सम्मानको पक्षमा पार्टीको भूमिका जोड्दै भने, हिजोका राजा, महाराजा र उनका आसेपासे दलालहरूले प्रचार गरेको “युवा सम्मान गर्ने र अपमान गर्ने पार्टी उस्तै उस्तै” भन्ने भ्रामक विचारलाई विचार गर्न युवाहरूसँग आग्रह गरे।
  • उनले कृषिमा नयाँ क्रान्ति र रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्दै उत्पादन वृद्धि, कृषिमा आधारित उद्योग स्थापना र नेपाली युवाहरूलाई देशभित्र रोजगारीको अवसर प्रदान गर्ने संकल्प सुनाए।
  • प्रचण्डले भदौ २३–२४ को जेनजी आन्दोलनलाई नेपाली राजनीतिको कमजोरी उजागर गर्ने अवसर र राजनीतिक दल तथा नेताहरूको समिक्षा तथा रुपान्तरणको माध्यम बताउँदै, पार्टीलाई युवाहरूको वास्तविक अभिभावकको रूपमा प्रस्तुत गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजा, महाराजाका आसेपासेहरुले युवा पुस्तालाई सम्मान गर्ने र अपमान गर्ने पार्टी उस्तै हुन् भन्ने प्रचार गरिरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित जेनजी महोत्सव २०८२ उद्घाटन समारोहमा उनले युवा पुस्तालाई प्रेरित गर्ने र अपमान गर्ने पार्टी उस्तै उस्तै हुन् भन्ने प्रचार हिजोका राजा, महाराजा र उनका आसेपासे दलालहरुले गरिरहेको भन्दै यसलाई विचार गर्नु बताए ।

उनले भने, ‘युवा पुस्तालाई अगाडि बढाउन चहाने, युवा पुस्तालाई प्रेरित गर्ने उनीहरुको भावनालाई सम्मान गर्ने पार्टी र उनीहरुको माग र भावनालाई अपमान गर्ने उस्तै उस्तै हुन् भन्ने कुरा कसले प्रचार गरिरहेको छ त्यो तपाईहरुले विचार गर्नु भएको होला । त्यो पनि तीनै हिजोका राजा, महाराजा र उनका आसेपासे उनीहरुका दलालहरुले गरिरहेको छ विचार गर्नु होला ।’

यस्तै, उनले आफ्नो पार्टी जनताको आवश्यकता र चाहाना अनुसार कृषिमा नयाँ क्रान्तिको थालनी गर्ने कसम खाएर अगाडि बढेको पनि बताए ।

उनले भने, ‘यो देशमा जनताको आवश्यकता र चाहाना अनुसार कृषिमा अब नयाँ क्रान्तिको थालनी गर्ने कसम खाएका छौ । उतपादन वृद्धि गर्ने, कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने र नेपाली युवाहरुलाई देशभित्रै रोजगारीको वातावरण बनाउने हामीले संकल्प पनि गरेका छौ ।’

नेपाली कम्युनिष्ट पार्टी र त्यसको संयोजक युवाहरुको असली अभिभावक हो भन्ने कुरा बुझेर देशै भरिबाट हजारौं मान्छेहरु पार्टीमा आएको पनि उनको भनाई छ ।

साथै, उनले देशको राजनीति भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यस क्रममा घटेका घटनाहरुको वरिपरि नै घुमि रहेको भन्दै आन्दोलनले नेपाली राजनीतिमा रहेको थुप्रै कमिलाई उजागर गर्ने र राजनीतिक दल र नेताहरुलाई समिक्षा गर्ने र रुपान्तरण गर्ने अवसर प्रदान गरेको बताए ।

उनले भने, ‘अहिले देशको राजनीति झण्डै झण्डै गएको भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यस क्रममा घटेका घटनाहरुको वरिपरि नै घुमि रहेको छ । सबै तिर जेनजी जेनजी नै भईरहेको छ । जेनजीले नेपाली राजनीतिमा रहेको थुप्रै कमि र सिमालाई उजागर गर्ने, हरेक राजनीतिक दल र नेताहरुलाई आफ्नै बारे समिक्षा गर्ने र रुपान्तरण गर्ने अवसर प्रदान गरेको छ ।’

यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टीपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...