बुधबार नेप्से परिसूचक घटेर बन्द, ३ स्टकले सकारात्मक सर्किट हाने

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार १५:३९

35
Share
Featured
  • नेप्से परिसूचक बुधबार २६०६.२० विन्दुमा झरेको छ, ७.८६ अंकले घटेको र कारोबार रकम केही घटेको देखिएको छ।
  • स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि, एसवाई प्यानलले सकारात्मक सर्किट मारेका छन्; लक्ष्मी लघुवित्त ८.५% र थ्रिस्टार हाइड्रोपावर ७% बढेका छन्, जबकि झापा इनर्जी ९.३०% घटेको छ।
  • कारोबार रकममा श्रीनगर एग्रीटेक शीर्ष स्थानमा छ (२६.३९ करोड), म्युचुअल फण्ड उपसमूह मात्र बढेको र बाँकी १२ उपसमूह घटेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बुधबार शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से मंगलबार सामान्य अंकले बढेको थियो, तर बुधबार पुनः घटेर २६०६.२० विन्दुमा झरेको छ, जसमा ७.८६ अंकको कमी आएको छ ।

यसदिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ । कारोबार रकम पनि केही घटेको देखिएको छ । मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ ।

यस दिन ३ स्टकले सकारात्मक सर्किट हानेको देखिएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८.५ प्रतिशत भन्दा बढी र थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य ७ प्रतिशत भन्दा बढी बढेको छ ।

कारोबारमा आएको झापा इनर्जीको शेयर मूल्य यस दिन ९.३०% ले घटेको छ ।कारोबार रकमका आधारमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज शीर्ष स्थानमा रहेको छ, जसको २६ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

त्यसैगरी, ङादी ग्रुप पावरको कारोबार १७ करोड रुपैयाँभन्दा बढी र युनिभर्सल पावर कम्पनीको कारोबार साढे ११ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये बुधबार १ उपसमूहको परिसूचक मात्र बढेको छ, जुन म्युचुअल फण्ड उपसमूह हो। बाँकी १२ उपसमूहको परिसूचक घटेको छ, तर गिरावट दर १% भन्दा कम रहेको छ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#नेप्से परिसूचक#शेयर कारोबार#शेयर बजार#कम्पनी#शेयर#अंकले घटेका#नेप्से

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    बुधबारदेखि ग्यासका भरि सिलिण्डर बजार पठाइने

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू