काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज, २२०९ विद्यार्थी दीक्षित हुँदै

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

35
Share
Featured
  • काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज धुलिखेलमा हुँदैछ, जहाँ २,२०९ विद्यार्थी दीक्षित हुँदैछन्, जसमा १७ देशका १९६ विदेशी विद्यार्थी छन्।
  • समारोहमा प्रधानमन्त्री / कुलपति सुशीला कार्की तथा सहकुलपति महावीर पुन उपस्थित हुनेछन्, र प्रमुख मन्तव्य जेएनयूकी उपकुलपति प्रा. धुलिपुडी पण्डितले दिनेछन्।
  • यसपटक सबैभन्दा धेरै ८८१ विद्यार्थी मेडिकल साइन्सेजबाट दीक्षित हुँदैछन्; यो समारोहसँगै केयुबाट दीक्षित हुनेको कुल संख्या ५०,०४० पुगेको छ, जसमा १२% विदेशी विद्यार्थी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोहको पहिलो चरण आज धुलिखेलमा हुँदैछ । समारोहमा विभिन्न विधाका कुल २,२०९ विद्यार्थी दीक्षित हुने भएका छन्, जसमा १७ देशका १९६ जना विदेशी विद्यार्थीसमेत रहेका छन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीको अध्यक्षतामा हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति महावीर पुनको पनि उपस्थिति रहनेछ । समारोहमा भारतको नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख अतिथिका रूपमा दीक्षान्त मन्तव्य दिने कार्यक्रम रहेको विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले जानकारी दिए ।

यसपटक दीक्षित हुनेहरूमा स्कुल अफ मेडिकल साइन्सेजबाट सबैभन्दा बढी ८८१ जना छन् भने अन्यमा म्यानेजमेन्ट, इञ्जिनियरिङ, आर्टस्, एजुकेसन, साइन्स र ल संकायका विद्यार्थी रहेका छन् । दीक्षित हुनेहरूमा विद्यावारिधी (पीएचडी) देखि स्नातक तहसम्मका विद्यार्थी छन् ।

यो दीक्षान्त समारोहसँगै काठमाडौँ विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीको कुल संख्या ५० हजार ४० पुगेको छ । तीमध्ये करिब १२ प्रतिशत अर्थात् ५,८६० जना विदेशी विद्यार्थी रहेका छन् । विश्वविद्यालयबाट हालसम्म ५८ देशका विद्यार्थीले उपाधि हासिल गरिसकेका छन्, जसमा सबैभन्दा बढी भारतका रहेका छन् ।

यो समाचारमा

महावीर पुनसुशीला कार्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...