सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई दियो १५६ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

14
Share
Featured

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । विनोदले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मुख्तार अहमद १०, शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, कप्तान दिपेन्द्र सिंह ऐरी ३, हर्मित सिंह १४ रनमा आउट भए ।

स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे । ब्लिङमा विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुई-दुई तथा सूर्य तामाङ र साम हिटलेटले एक÷एक विकेट लिए ।

यो समाचारमा

काठमाडौँनेपाल प्रिमियर लिगत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानआरिफ शेख
दिपेन्द्र सिंह ऐरी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...