केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

34
Share
Featured
  • एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अपमान गरेको र यसले महिलाप्रति नकारात्मक दृष्टिकोण देखाउने टिप्पणी हो भन्ने आरोप लगाइन्।
  • केन्द्रिय सदस्य उषाकिरण तिमल्सिनाले पार्टीभित्र समान अभिव्यक्ति र सहभागिताको अधिकार नहुने, बैठकहरू केही नेताको मनपरी बोल्ने ठाउँ बनिसकेको भन्दै सुधार आवश्यक रहेको बताइन्।
  • महिला नेतृहरूले महाधिवेशनमार्फत एमएलएको नेतृत्व परिवर्तन र पार्टीलाई लोकतान्त्रिक पद्धतिमा सञ्चालन गर्न आग्रह गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रका पटक–पटक प्रधानमन्त्री भइसकेका खड्गप्रसाद शर्मा ओलीले महिलाहरुप्रति अपमान गर्ने गरेको बताएकी छन् ।

मंगलबार नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा महिला नेतृहरुको अन्तर संवाद कार्यक्रममा बोल्दै ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे प्रयोग गरेको शब्द चयन अनुचित भएको उनले बताएकी हुन् ।

उनले भनिन्,‘संघीय लोकतान्त्रिक गणतन्त्रको पटक पटक प्रधानमन्त्री भएका हाम्रो अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति, देशको संरक्षक, संविधानको संरक्षक विद्या देवी भण्डारीलाई गरेको सम्मान यही हो? धामी–झाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ ?’ उनले अनुसार यस्तो अभिव्यक्ति पार्टी नेतृत्वबाट आउनु भनेको महिलाप्रति नकारात्मक दृष्टिकोणको अभिव्यक्ति हो । ‘महिलालाई अपमानित गर्ने व्यवहार नेतृत्वलाई सुहाउने कुरा होइन,’ उनले भनिन् ।

उनले थप भनिन्, ‘एउटा सामान्य महिलालाई त पाइदैन भने पूर्वराष्ट्रपति भएको महिलालाई अपमान गर्न यो नेतृत्वलाई सुहाउँदैन । तर गर्नुहुन्छ कसले भने केपी कमरेडले गर्नुहुन्छ । किनभने उहाँमा सोच नै छैन । महिलाप्रति हेर्न दृष्किोण नै छैन । महिलालाई अपमान गरेको गर्यौ छ ।’

पछिल्ला चार वर्षदेखि एमालेको केन्द्रिय सदस्यको रूपमा निरन्तर सक्रिय रहँदै आएकी उषाकिरण तिमल्सिनाले पार्टीभित्र अभिव्यक्ति तथा सहभागिताको मौलिक अधिकारमाथि प्रश्न उठाएकी छन् ।

उनले केन्द्रिय समितिका बैठकहरु मात्र केही नेताहरुको मनपरी बोल्ने स्थान बनेको गम्भीर आरोप पनि लगाएकी हुन् । उनले भनिन्, ‘म विगत चार वर्ष केन्द्रिय सदस्य हुँदा पार्टीभित्र बोल्न पाएको समय जम्मा ६ मिनेट हो । दुई चोटीको बैठकमा एक पटक तीन मिनेट र अर्को पटक तीन मिनेट ।’

उनले लोकतन्त्र र गणतन्त्रमा पार्टीभित्र बोल्ने ठाँउ नै नहुने भन्दै यसमा परिवर्तन गर्न जरुरी रहेको बताइन् । उनले थप अगाडि भनिन्,‘हामीले ल्याएको लोकतन्त्र, गणतन्त्र त्यो खालको होइन नी । पार्टीभित्र बोल्ने ठाँउ कहाँ छ त ? केन्द्रिय कमिटिको बैठक केही निश्चत नेताहरुको घण्टौ मनपरी बोल्ने ठाँउको रुपमा प्रयोग भएको छ । यसमा परिवर्तन गर्न जरुरी छ ।’

उनका अनुसार अहिले निर्णय गर्ने र नेतृत्व निर्धारण गर्ने अधिकार सिमित मान्छेमा मात्रै केन्द्रित भएका छन् । कार्यक्रममा स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डे, शर्मिला कार्की, रचना खड्का लगायतका नेतृहरूले आफ्नो धारणा राखे । उनीहरुले महाधिवेशनमार्फत एमालेको नेतृत्व परिवर्तन गर्न र पार्टीलाई लोकतान्त्रिक पद्धतिमा हिँडाउन आग्रह गरे ।

यो समाचारमा

विद्या देवी भण्डारीखड्गप्रसाद शर्मा ओलीअष्टलक्ष्मी शाक्यनेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...